जिसस म्याग्दीमा एमालेको प्यानल विजयी
जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेको प्यानल विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख सहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो । जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले सात मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।
पूर्वी नवलपरासी जिससमा एमालेका उम्मेदवार विजयी
पूर्वी नवलपरासीको जिल्ला समन्वय समितिमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । शनिवार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सात जना सदस्य गरी नौवटै पदमा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको हो ।
जिसस प्रमुखमा गठबन्धनबाट शर्माको उम्मेदवारी घोषणा
जिल्ला समन्वय समितिमा हुने निर्वाचनमा तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको छ । जिसस निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएपछि एकीकृत समाजवादीका शिबराज शर्माले प्रमुख पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
जिसस निर्वाचनमा गठबन्धनले साझा उम्मेदवारी दिने
जिल्ला समन्वय समितिका पदाधिकारीहरुका हुने निर्वाचनमा तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णयमा दलहरु पुुगेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल गरेर जिससको निर्वाचनमा जाने भएका हुन् ।
जिसस गुल्मीमा गठबन्धनको प्यानल बिजयी
जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलन बिजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दोर्णबहादुर खत्री बिजयी हुनुभएको छ । उहाँले एमालेका युवराज न्यौपानलाई पराजित गरी निर्वाचित हुनुभएको हो । खत्रीको १५ र न्यौपानेको मत नौ रहेको छ ।
जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलनै विजयी
जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनकोतर्फबाट काङ्ग्रेसका दाेर्णबहादुर खत्री विजयी हुनुभएको छ । उहाँले एमालेका युवराज न्याैपानेलाई पराजित गर्नुभयो । खत्रीको १५ र न्यौपानेको नौ मत रहेको छ ।
गुल्मी जिससका लागि गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
असार १ गते हुने जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ–आफ्नो पार्टीको उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्ला समन्वय समिति ओखलढुङ्गामा काँग्रेस निर्विरोध
जिल्ला समन्वय समिती ओखलढुङ्गामा नेपाली काँग्रेसको समूह नै निर्विरोध विजयी भएको छ । नेपाली काँग्रेसको तर्फबाट प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुख तारा कार्कीसहितको उम्मेदवार समूह लै विजयी हुनुभएको हो ।
जिसस बाराको प्रमुख र उपप्रमुखमा एमाले विजयी
जिल्ला समन्वय समिति बाराको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । जिसस प्रमुखमा एमालेका उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो ।
जिसस सुनसरी प्रमुखमा मेहता विजयी
जिल्ला समन्वय समिति (जिसस) सुनसरीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदबार राजन मेहता निर्वाचित हुनुभएको छ । जिसस निर्वाचनमा गठबन्धनका तर्फबाट प्रमुख मेहतासहित प्यानल विजयी भएको छ ।
प्युठान जिसस प्रमुखमा जिसी निर्विरोध
जिल्ला समन्वय समिति प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओबादी केन्द्र) का दुर्गा रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । पाँच दलिय गठवन्धनबीच तालमेल भएपछि प्रमुख उपप्रमुखसहित प्यानल निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ ।
जिसस कैलालीमा सत्तारुढ गठबन्धन उम्मेदवार विजयी
जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन उम्मेदवार विजयी हुनुभएको छ । सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काङ्ग्रेसका पद्म कलेल विजयी हुनुभएको हो ।
जिल्ला समन्वय समिति रामेछापमा गठबन्धन विजयी
जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । आइतबार मन्थलीमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धन प्यानल विजयी भएको हो ।
समन्वय समिति सल्यानमा गठवन्धन विजयी
जिल्ला समन्वय समिति सल्यानमा सत्ता साझेदार दलको गठवन्धन विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका वेलाराम रावल र उपप्रमुखमा माओवादी केन्द्रका असवीर बुढाथोकी विजयी हुनुभएको हो ।
समन्वय समितिका पदाधिकारीद्वारा शपथ ग्रहण
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) नुवाकोटका पदाधिकारीले शुक्रवार पद तथा गोपनियता शपथ लिनुभएको छ । शपथसँगै पदाधिकारी तथा सदस्यहरुले आफ्नो काम शुरु गर्नुभएको छ ।
प्रमुखमा गोला प्रथाबाट एमालेका आचार्य निर्वाचित
कपिलवस्तु जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा (एमाले) का बाबुराम आचार्य निर्वाचित हुनुभएको छ । दुबै उम्मेदवारले १० – १० मत प्राप्त गरेपछि गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।
जिसस लमजुङको प्रमुखमा एमालेको गुरुङ
जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनबाट १० मतकासाथ राइनास नगरपालिका ९ का गुरुङ प्रमुख पदमा बिजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी सुन्दरबजार नगरपालिका ७ निवासी नेपाली कांग्रेसका मुरली कुमालले ६ मत ल्याउनुभयो ।
समन्वय समितिका पदाधिकारीलाई गोपनीयताको शपथ
हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताके शपथ गराइएको छ । जिससमा एकल उम्मेदवारी परेपछि निर्विरोध रुपमा सदस्यहरु निर्वाचित हुनुभएको थियो ।
ताप्लेजुङमा १३७ जनाको जमानत जफत
ताप्लेजुङमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका १३७ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार विभिन्न पदमा प्रतिस्पर्धा गरेका उक्त सङ्ख्यामा उम्मेदवार बनेकाहरुको जमानत जफत भएको हो ।
प्रमुखमा कांग्रेसका धामी, उपप्रमुखमा माओवादीका कुँवर विजयी
जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । गठबन्धनबाट समन्वय समिति प्रुमुखमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दमन कुँवर विजयी हुनुभएको हो ।
असार १ गतेदेखि मतदाता नामावली संकलन शुरु : आयोग
निर्वाचन आयोगले आगामी १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु गर्नेभएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको हो ।
मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा एमाले निर्विरोध
जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवारहरु निर्विरोध चयन हुनुभएको छ । सोमबार भएको मनोनयन दर्ताको समयअवधिसम्म एमालेबाट प्रमुख मुक्ति क्षेत्र गाउँपालिका १ झारकोटकी माया गुरुङ र उपप्रमुखमा घरपझोङ गाउँपालिका ३ स्याङका आइतेलाल थकालीको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रुकुम–पश्चिमका कार्यपालिकाले पाए पूर्णता
रुकुम पश्चिमका ६ वटै स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । पछिल्लो पटक मुसीकोट नगर कार्यपालिकाले पूर्णता पाएसँगै जिल्लाका सबै स्थानीय तहको कार्यपालिका पूर्णता पाएका हुन् ।
अर्घाखाँची जिससमा एमाले प्यानलै निर्विरोध
जिल्ला समन्वय समिति अर्घाखाँचीमा नेकपा (एमाले) का उम्मेदवारहरु प्यानलै निर्विरोध निर्वाचित हुनुभएको छ । पाँचदलीय गठबन्धनले निर्धारित समयमा उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदातामध्ये ८ जना बहुमत एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत नभएपछि उहाँहरु निर्विरोध हुनुभएको हो ।