• ४ साउन २०८१, शुक्रबार

प्युठान जिसस प्रमुखमा जिसी निर्विरोध

blog

सलिम अन्सारी

बिजुवार, जेठ ३० गते । जिल्ला समन्वय समिति प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का दुर्गा रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । पाँचदलीय गठबन्धनबीच तालमेल भएपछि प्रमुख उपप्रमुखसहित प्यानल निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ । 

कांग्रेसबाट जिल्ला समन्वय समितिको सदस्यमा टोपाराम कालाथोकी, माओबादी केन्द्रबाट तारा बिक, निर्मला पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, राष्ट्रिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्रबहादुर खड्का, खुमा अधिकारी र रेकम रसाइली जिल्ला समन्वय समितिको सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको जिल्ला  निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

दुई नगरपालिका र सात गाउँपालिकासहित कांग्रेस सात, माओवादी चार, एमालेको चार र राष्ट्रिय जनमोर्चा ३ मतभार थियो । आफ्नो पक्षमा बहुमत नभएपछि एमालेले मनोनयन दर्ता गराएन ।