• १० मंसिर २०८१, सोमबार

बूढीगङ्गा नगरपालिकामा एमाले उम्मेदवारको अग्रता कायमै

blog

प्रकाशविक्रम शाह/शेरबहादुर सार्की 

धनगढी, असार २५ गते । बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा (एमाले) ले शुरुदेखिकै अग्रता कायम राखेको छ । शनिबार साँझ ६ : ३० बजे प्राप्त विवरणअनुसार पाँच हजार ४२९ मतको गणनामा एमालेबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनियाले नेपाली कांग्रेसका रंगबहादुर खातीभन्दा एक हजार ५६२ मतले अगाडि हुनुभएको छ हो । 

एमालेका बाँनियाले तीन हजार ३५१ र उहाँको निकट्तम प्रतिस्पर्धी कांग्रेसका खातीले एक हजार ७८९ मत पाउनु भएको छ  । यस्तै, उपप्रमुखमा पनि एमालेकै माया कुँवर अगाडि हुनुहुन्छ । उहाँले तीन हजार २७९ र काँग्रेसका रिता शाहीले एक हजार ८५८ मत पाउनु भएको छ ।  

बूढीगंगामा विहीबार भएको निर्वाचनमा नौ हजार १२८ मत खसेकोमा पाँच हजार ४२९ मतको गणना भएको छ  । अव तीन हजार ६९९ मतको गणना हुन बाँकी छ । १० वटा वडा रहेको बूढीगंगामा ६ वडाको नतिजा आएको छ । जसमध्ये १, २, ३, ९ र १० मा एमाले र वडा ८ मा काँग्रेसले जितेको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको वडा १ गुमाएको छ । 

निर्वाचन आयोग नेपालले बूढीगंगामा वैशाख ३० गतेको मतदानमा धाँधली भएको भन्दै १० वटै वडाको मतदानलाई वदर गरी असार २३ गते पुनः मतदान गराएको थियो ।