प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभामा ४० दलद्वारा समानुपातिक बन्द सूची पेश
काठमाडौं, असोज ३ गते। निर्वाचन आयोगले सोमबार साँझ ७ बजेसम्म प्रतिनिधिसभातर्फ ११ दल र प्रदेशसभातर्फ ४० दलले समानुपातिकको बन्दसूची पेश गरेको जनाएको छ। आयोगले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल समावेशी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मितेरी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिकतर्फको बन्दसूचीपेश गरेको जानकारी दिएको छ।यसैगरी, प्रदेशसभातर्फ प्रदेश नम्बर १ मा सात राजनीतिक दलले बन्द सूची पेश गरेका छन्। प्रेदश १ मा किरात खम्बुवान पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपालल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र नेपाल कम्युनिष्ट पार्टीले बन्दसूची पेश गरेका छन्।मधेश प्रदेशमा ६ दलले बन्द सूची पेश गरेको आयोगले जनाएको छ। मधेश प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल सदभावना पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची पेश गरेका छन्।बागमती प्रदेशमा सात दलले बन्दसूची पेश गरेका छन्। बागमतीमा तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, समाजवादी पार्टी, नेपाल, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्द सूची बुझाएका हुन्।गण्डकी प्रदेशमा ५ दलले समानुपातिकतर्फ बन्दसूची आयोगमा बुझाएका छन्। गण्डकीमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुत्तिः पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र जनमत पार्टीले बन्दसूची बुझाएका हुन्।लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी गरेर ४ दलले बन्दसूची आयोगमा बुझाएका छन्।कर्णाली प्रदेशमा पनि राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टी गरेर जम्मा ४ दलले बन्दसूची आयोगमा बुझाएका छन्। यसैगरी, सुदूरपश्चिम प्रदेशमा उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या सात छ। सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मौलिक जरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची आयोगमा पेश गरेका हुन्। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २ र ३ गतेसम्म समानुपातिकतर्फको बन्दसूची पेश गर्न समयावधि तोकेको थियो।
नेपाली कांग्रेसले समानुपातिक बन्दसूची आयोगमा बुझायो
सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ ।
समानुपातिकतर्फ बन्दसूची बुझाउन नेताहरू निर्वाचन आयोगमा
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन दलका नेताहरु निर्वाचन आयोग पुग्नुभएको छ ।
समानुपातिक बन्द सूची आजै बुझाई सक्न प्रमुख आयुक्त थपलियाको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचि सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।
दुई लाख ४६ हजार कर्मचारी आवश्यक
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिब दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिब ५० हजारले बढी हो। सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको छ।
अधिकांश दलले आज बन्दसूची पेस गर्ने
आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सोमबार मात्रै बुझाउने भएका छन्। निर्वाचन आयोगले असोज २ गते आइतबार र ३ गते सोमबार गरी दुई दिनभित्र बन्दसूची बुझाउन समय तोकेको छ। समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार प्रतिनिधि सभा सदस्यतर्फ दुईवटा दलले मात्रै बन्दसूची पेस गरेका छन्। समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले प्रतिनिधि सभातर्फ दुई र तीनवटा प्रदेशका लागि एक÷एक राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेको जानकारी दिनुभयो।
बैतडीमा एक हजार म्यादी प्रहरीको माग
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा एक हजार म्यादी प्रहरीको माग भएपछि भर्ना हुनेको भीड लागेको छ । निर्वाचन सुरक्षाका लागि बैतडीमा एक हजार ५१ जना म्यादी प्रहरी भर्ना गरिने बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
नवलपुरमा ११३ मतदान स्थल र ३०२ केन्द्र
निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि नवलपुरमा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचन प्रक्रिया आजदेखि
नयाँ संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको अवधिका लागि निर्वाचन प्रक्रिया आइतबार सुरु हुँदै छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दै छ । प्रतिनिधि चयनको तयारी निर्वाचन आयोगले दुई महिना अगाडिदेखि नै सुरु गरिसकेको छ तर बन्दसूची पेस गर्ने समयदेखि मतदानसम्म आइतबारदेखि ६३ दिन बाँकी छ ।
जरिवाना नतिरे उम्मेदवार हुन नपाइने
स्थानीय निर्वाचनमा व्यक्तिगत खर्च विवरण नबुझाएका उम्मेदवारले जरिवाना नतिरे आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित हुने भएका छन्। निर्वाचन आयोगले स्थानीय निर्वाचनको खर्च नबुझाउनेलाई कारबाही गर्दा एक लाख २३ हजार ६२४ जना उम्मेदवार जरिवाना नतिरे आगामी चुनावमा उम्मेदवारी दिनबाट वञ्चित हुनेछन्।
मृतक मतदाता सूचीबाट हटाइए
निर्वाचन आयोगले मृतक तथा दोहोरिएका करिब दुई लाख १६ हजार मतदाताको नाम हटाएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा उक्त सङ्ख्यामा मृतक तथा दोहोरिएका मतदाताको नाम हटाइएको हो। आगामी निर्वाचनका लागि आयोगले एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ। यसअघि स्थानीय निर्वाचनमा मतदाता सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “स्थानीय निर्वाचनपछि नामावली दर्ता सुरु गर्दा करिब चार लाख ७१ हजार नयाँ मतदाता थपिए, जसअनुसार कुल एक करोड ८२ लाख मतदाता पुगेकोमा अद्यावधिकपछि एक करोड ७९ लाख ८८ हजार ५७० जना कायम भएका छन्।”
एक लाख २३ हजार ६२४ उम्मेदवारमाथि कारबाही
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ ।
एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम
निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ ।
आयोगद्वारा २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची स्वतः खारेज
निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने जनाएको छ । शुक्रवार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय भएको जानकारी दिनुभयो ।
म्यादी प्रहरीमा भर्ना हुनेको घुँइचो (फोटो फिचर)
म्यादीमा भर्ना हुन आवेदन दिन प्रहरी प्रधान कार्यालय टेकुमा ठूलो सङ्ख्यामा युवकयुवतीको भीड लागेको छ ।
समानुपातिक उम्मेदवार छान्न कांग्रेसले बनायो चार बुँदे मापदण्ड
नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिकतर्फका उम्मेदवारको चयनका लागि चार बुँदे आधार र मापदण्ड तय गरेको छ।
बन्द सूचीमा नाम भएका व्यक्तिको पद स्वतः रद्द हुने : प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरुको पद स्वतः रद्द हुने गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
निर्वाचन सुरक्षा प्रभावकारी बनाउन प्रधान सेनापतिको निर्देशन
प्रधान सेनापति प्रभुराम शर्माले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
वर्तमान संसद्को कार्यकाल असोज १ मा सकिँदै
निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल समानुपातिक बन्दसूचीको मनोनयनअघिसम्म मात्र कायम रहने वक्तव्यको बेहोरासहितको पत्र सङ्घीय संसद्मा पठाएको छ । सामान्यतया जनप्रतिनिधिमूलक संस्थाले नै कानुनबाट विधायिकाको कार्यकाल निर्धारण गर्नुपर्ने भए पनि आयोगले कार्यकालबारेको पत्र संसद्लाई पठाएको हो । सरकारले यसअघि कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट पार्न भन्दै विधेयक ल्याए पनि पछि हटेको थियो । उक्त विधेयकबारे पनि आयोगले आपत्ति जनाएको थियो ।
बन्दसूची संशोधन गरी पेश गर्न दललाई एक साताको समय
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा आज आइतबार जारी विज्ञप्तिमा सो निर्णय भएको जनाइएको हो ।
१ लाख १५ हजार म्यादी भर्ना गर्दै नेपाल प्रहरी
नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
समानुपातिक मतपत्रको छपाइ आजदेखि
निर्वाचन आयोगले शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना आयोगले बनाएको छ । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ ।
एक हजार पाँच सय मतदाताको नाम हटाइयो
ताप्लेजुङमा मतदाता नामावली अद्यावधिकको क्रममा एक हजार पाँच सय जनाको नाम हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार मृत्यु भएका र दोहोरो नाम भएकाहरुको नामावली हटाइएको हो ।
असोज २३ गते उम्मेदवारी दर्ता
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका स्वीकृत गरेको छ ।