• ४ असार २०८१, मङ्गलबार

निर्वाचन विशेष

समानुपातिकतर्फ बन्दसूची बुझाउन नेताहरू निर्वाचन आयोगमा

blog

समानुपातिकतर्फको बन्दसूची बुझाउन दलका नेताहरु निर्वाचन आयोग । तस्बिर : कविन अधिकारी/केशब गुरुङ

काठमाडौं, असोज ३ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन दलका नेताहरू निर्वाचन आयोग पुग्नुभएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्मा, उपसभामुख पुष्पा भुषाललगायतका नेताहरू आयोग पुग्नुभएको छ ।


नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङसहित नेताहरू वर्षमान पुन, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतका नेताहरू आयोग पुग्नुभएको छ । माओवादी केन्द्रका महासचिव गुरुङले कानुन अनुसार उम्मेदवारको सूची आयोगमा बुझाइने बताउनुभयो ।


यसैगरी, माओवादी नेता वर्षमान पुनले माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित संयुक्त रुपमा उम्मेदवारको सूची बुझाइने जानकारी दिनुभयो ।


यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु समानुपातिकतर्फको बन्दसूची बुझाउन आयोग पुग्नुभएको छ । लोकतान्त्रिक समाजवादीका नेता केशव झा, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतका नेताहरु यतिबेला आयोग पुग्नुभएको हो ।


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।