कैलाली ५ मा एमालेबाट रानाको उम्मेदवारी दर्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का उम्मेदवारहरुले आइतबार दिउँसो २ बजे मनोनयन दर्ता गराउनुभएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा मनोनयन दर्ता
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
रुकुम पश्चिमको प्रतिनिधिसभामा अर्थमन्त्री शर्माको उम्मेदवारी
नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
चितवन निर्वाचन क्षेत्र २ मा पोखरेलको उम्मेदवारी दर्ता
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
राप्रपा नेत्री रेखा थापाद्वारा उम्मेदवारी दर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेत्री रेखा थापाले मङ्सिर ४ मा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराउनुभएको छ ।
दोलखामा कार्की र शिवाकोटीबीच प्रतिस्पर्धा हुने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि दोलखामा सत्ता गठबन्धनका गंगा कार्की र नेकपा (एमाले) को तर्फबाट बालकृष्ण सिवाकोटीबीच प्रतिस्पर्धा हुने भएको छ ।
पम्फा भुसालद्वारा ललितपुर ३ मा मनाेनयन दर्ता
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी मनाेनयन दर्ता गराउनुभएकाे छ ।
सुरक्षा व्यवस्था कडा बनाएको दाबी
भारतको बिहारसँग खुला सीमा जोडिएको महोत्तरीमा आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्न अनेकन चुनौती रहे पनि जिल्लामा सुरक्षा ब्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।
नेकपा एसका अध्यक्ष नेपालद्वारा रौतहट–१ मा मनोनयन दर्ता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको क्षेत्र–१ बाट मनोनयन दर्ता गराउनुभएको छ ।
लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताको उम्मेदवारी
तराई–मधेश केन्द्रित दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लगाएका छन् ।
प्रधानमन्त्री देउवाले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराउनुहुँदै
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो ।
पाँचथरमा उम्मेद्वारी दर्ता शुरु
पाँचथरमा उम्मेद्वारी दर्ता प्रक्रिया शुरु भएको छ । हालसम्म राप्रपा नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्व सङ्घीय लिम्बुवान मञ्चका प्रतिनिधिले उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा झापा ३ मा उम्मेदवारी मनोनयन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको क्षेत्र नम्बर ३ मा आज बिहान ११ बजे उम्मेद्बारी मनोनयन गर्नुभएको छ ।
उम्मेदवार दर्ता गर्न अध्यक्ष प्रचण्ड, भट्टराई र श्रेष्ठसहित गोरखामा
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा पुग्नुभएकाे छ ।
उम्मेदवार मनोनयनपत्र दर्ता सुरु
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।
गुल्मीमा प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मी जिल्लामा केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने भएको हो ।
विगतमा प्रचण्डले जितेकाे निर्वाचन क्षेत्रबाट डा. अधिकारीको उम्मेद्वारी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र मानिएको चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनको तर्फबाट डा. भोजराज अधिकारीले उम्मेद्वारी दिने हुनुभएको छ ।
उम्मेदवारी मनोनयन दर्ताको आवश्यक तयारी पूरा
निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ । निर्वाचन आयोगले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी मनोनयनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेको हो ।
सत्ता गठबन्धनको सिट बाँडफाँटबारे लोसपासँग छलफल हुँदै
सत्ता गठबन्धनको आगामी निर्वाचनमा सिट बाँडफाँट टुङ्ग्याउन शनिबार पनि छलफलमा जुट्दैछ । सत्तारुढ दल नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको सिट सङ्ख्याबारे आजको बैठकले अन्तिम टुङ्गो लगाउने बताउनुभयो ।
उम्मेदवारले मनोनयन पत्रसाथ संलग्न गर्नुपर्ने कागजात
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम हुँदैछ । निर्वाचनका लागि असोज २० गतेसम्ममा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यलय स्थापना भइसकेको छ ।
निर्वाचन आयोगले स्मरण गरायो उम्मेदवारले गर्नुपर्ने स्वघोषणा
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हुने उम्मेदवारको स्वघोषणाबारे जानकारी गराएको छ ।
कैलालीका पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय खुले
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय खुलेका छन् ।
निर्वाचन कानुनको कठोर पालना हुन्छ : रावल
भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन कानुनको कठोर रुपमा प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत तथा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले बताउनुभएको छ । मंसिर ४ मा हुन गइरहेको निर्वाचन प्रयोजनका लागि सप्तरीको राजविराजस्थित प्रतिनिधिसभा क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको उदघाटन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् ।