• १३ साउन २०८१, आइतबार

रुकुम पश्चिमको प्रतिनिधिसभामा अर्थमन्त्री शर्माको उम्मेदवारी

blog

माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यका लागि खलड्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुहुँदै । तस्बिर : परिचन्द्र खत्री/रासस

मुसीकोट, असोज २३ गते । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । आइतबार अपराह्न खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आउनु भएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिनुभएको हो । त्यस्तै, प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिनुभएको छ । अन्य राजनीतिक दलहरुले पनि उम्मेवारी दिँदै छन् ।