राजनीतिमार्फत जनताको सेवा गर्ने पूर्व सुरक्षा प्रमुखको लक्ष्य
पछिल्लो समय पूर्व प्रहरी कर्मचारीहरू अवकाश पछिको समय राजनीतिमा लगाउन थालेका छन् । हरेक क्षेत्रलाई राजनीतिले गाँज्न थालेपछि पूर्व सुरक्षा प्रमुखहरू पनि यस क्षेत्रमा तानिनुभएको हो । देशको विकृत राजनीतिलाई सही बाटोमा लग्ने र देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता उहाँहरूको छ ।
कांग्रेसले भन्यो, ‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।
गठबन्धनका बिसीविरुद्ध नेकपा एसका खाणको उम्मेदवारी कायमै
सत्ता गठबन्धनबाट दैलेख निर्वाचन क्षेत्र न. १ का प्रदेशसभा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका पूर्वपार्टी सभापति कृष्ण बहादुर बिसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य टेकबहादुर खानको उम्मेदवारी कायम रहेको छ ।
आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ ।
आचारसंहिता विपरीत मत सर्वेक्षण गरे कारबाही
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ ।
सुर्खेतमा नेकपा एसका उम्मेदवार यथावत्
सुर्खेतमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवार यथावत् राखेको छ । गठबन्धनको निर्णय विपरीत दिएको उम्मेदवारी बुधबारसम्म फिर्ता लिने समय भए पनि उक्त पार्टीले उम्मेदवार यथावत राखेको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : उम्मेदवारले पाए निर्वाचन चिह्न
आगामी निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई हजार ४१२ उम्मेदवार कायम भएका छन्। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा उम्मेदवारी फिर्ता लिएका र रद्द भएका ११९ जनाको नाम उम्मेदवारको सूचीबाट हटाएको छ।
मत सर्वेक्षणमा रोक
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै आयोगले यस्तो गरेमा एक लाख रुपियाँसम्म कारबाही हुने चेतावनी दिएको छ।
चुनाव जित्न अर्को दलको चिह्न
विचार र सिद्धान्तमा दुई ध्रुवमा रहेका दलबीचको चुनावी तालमेल पछिल्ला वर्षमा झनै मौलाएको छ। चुनावी तालमेल मात्र होइन, चुनावको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेतामा अर्को दलको चुनाव चिह्नको सहारा लिने अभ्यास पनि बिस्तारै बढ्दै गएको छ।
आचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्ने
स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
एकीकृत समाजवादीका २२ बागीको उम्मेदवारी फिर्ता
नेकपा (एकीकृत समाजवादी) का २२ जनाले बागी उम्मेदवारी फिर्ता लिएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फ चार र प्रदेशसभा सदस्यतर्फ १८ जनाले बागी उम्मेदवारी फिर्ता लिएका हुन्।
जित्नेमा म ढुक्क छु : श्रेष्ठ चौधरी
अगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता भएको छ । यसमा नयाँ पार्टीका नयाँ उम्मेदवारहरु पनि समाबेश भएका छन् । ती उम्मेदवारका लागि यो अवसर र चुनौती दुबै हो ।
लमजुङमा चार जनाको उम्मेदवारी फिर्ता
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । लमजुङमा प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी दिएकोमा एक जनाले फिर्ता लिएका छन् ।
गठबन्धनको बागी उम्मेदवारी फिर्ता भएन
कपिलवस्तुमा तीन जनाको उम्मेदवारी फिर्ता भएको छ । उम्मेदवार फिर्ता लिनेमा १ जना प्रतिनिधि सभा सदस्यको उम्मेदवार र दुई जना प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेको मुख्य निर्बाचन अधिकृत तेजनाथ प्रकाश अधिकारीले बताउनुभयो ।
गुल्मीमा चार जनाको उम्मेदवारी फिर्ता
गुल्मीमा चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । आगामी मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यस जिल्लामा छ सांसदका लागि ६६ जनाले उम्मेदवारी दिएका मध्ये चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
ताप्लेजुङमा तुम्याहाङ र गुरुङको उम्मेदवारी फिर्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका दुई जनाको फिर्ता भएको छ।
अर्घाखाँचीमा ४ जनाको उम्मेदवारी फिर्ता
उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क) बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक, प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र संघको क्षेत्र रहेको अर्घाखाँचीमा स्वतन्त्रबाट पशुपति ढकाल र राजमोबाट प्रदेश (ख) बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत महेश खनालले जानकारी दिनुभयो ।
पाल्पामा दुई जनाद्वारा उम्मेदवारी फिर्ता
प्रतिनिधिसभा र प्रदेशसभा गरी ४७ जनाले उम्मेदवारी दिएकामा बुधबार दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गुल्मीमा गठबन्धनविरुद्धका बागी उम्मेदवारी यथावत्
गुल्मीमा सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका महासमिति सदस्य डा. दामोदर भुसालको मनोनयन यथावत रहेको छ ।
लक्ष्मण थारुको उम्मेदवारी रद्द
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु (चौधरी) को उम्मेदवारी रद्द भएको छ ।
मनाङबाट गण्डकी प्रदेशसभामा स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध
मनाङ प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार राजिव गुरुङ 'दीपक मनाङे' निर्विरोध हुनुभएको छ । स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी बुधबार फिर्ता लिएपछि मनाङे निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङे हाल गण्डकी प्रदेश युवा तथा खेलकूद मन्त्री हुनुहुन्छ ।
निष्पक्ष र स्वतन्त्र पर्यवेक्षणका लागि प्रमुख आयुक्त थपलियाको आग्रह
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताउनुभएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुँदै
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ ।
सुदूरपश्चिमका प्रभावशाली नेता र मन्त्रीहरु उम्मेदवारीबाटै बञ्चित
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र गठबन्धनबाट टिकट पाएका तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा ओर्लिसक्नु भएको छ । तर, यस पटक सुदूरपश्चिम प्रदेशमा केही अप्रत्याशित घटना देखिएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने नेतादेखि पाँच वर्ष अनवरत मुख्यमन्त्री रहेका नेता र मन्त्रीहरु यस पटक निर्वाचन लड्नबाट बञ्चित हुनुभएको छ ।