नगर अधिवेशन स्थगन गरी स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
आयोगले नगरपालिकाले तय गरेको विशेष अधिवेशन हाललाई स्थगित गरी निर्वाचन आचारसंहिता विपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ३७ हजार मतपत्र छपाइ
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।
राजु गुरुङको मुद्दा न्यायाधीशद्वय कुमार र सुष्मालताको संयुक्त इजलासमा
रुपन्देही–२ सत्ता गठनबन्धनका साझा उम्मेदवार राजु गुरुङको रिटमा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्चका न्यायाधीशद्वाय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा साझा उम्मेदवार गुरुङको रिटमा सुनुवाइ हुन लागेको हो ।
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।
उम्मेदवारका पुरानै एजेन्डा
प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारबीच मतदातामाझ विकासका प्रतिबद्धता बाँड्ने होडबाजी सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारले यस पटक ठोस चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छैनन् । तर, उम्मेदवारले सञ्चारमाध्यम र मतदातासँगको भेटघाटमा आफ्ना निर्वाचनलक्षित योजना सुनाउन थालेका छन् । निर्वाचनमा होमिएसँगै प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले यसपालि पनि पूर्वाधार विकासका पुरानै एजेन्डालाई प्राथमितामा राखेको देखिन्छ । सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण हुने भए पनि उम्मेदवारले जनतासँग भौतिक पूर्वाधार विकासका क्षेत्रमा आफ्ना प्रतिबद्धता केन्द्रित गरेका छन् ।
पहिलेका सहकर्मी अहिलेका प्रतिस्पर्धी
विगतको निर्वाचनमा एउटै मञ्चबाट भाषण गरेका तीन सहकर्मी अहिले चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन्। सत्ता गठबन्धन दल वाम लोकतान्त्रिकबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्य तथा स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धी हुनुभएको हो।
त्रिविले कर्मचारीलाई गरायो सचेत
त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको कार्यक्रम तथा प्रचारप्रसारमा सहभागी नहुन सचेत गराएको छ। विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पेसागत मर्यादालाई भुलेर राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा लागेको, उम्मेदवारको पक्ष र विपक्षमा खुलेको, दलको महाधिवेशनको समयमा केन्द्रीय समितिमा उम्मेदवार भएको तथा महाधिवेशन प्रतिनिधि हुनेलगायतका विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर कारबाही गर्न त्रिविलाई निर्देशन दिएको थियो।
एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मंगलबार अपरान्ह आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ सहित झापाका बिभिन्न कार्यक्रममा सहभागि हुन गृह नगर दमक आउनु भएका ओलीको स्वास्थ्यमा समस्या आएको थियो ।
‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतिमा : गृहमन्त्री खाण
नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतीमा र कोही विस्तापीत हुन नपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुभएको छ ।
दुई अर्थविज्ञको चुनावी प्रतिस्पर्धा
चितवनको निर्वाचन क्षेत्र नं. १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। अर्थ मन्त्रालय सम्हालेर सफल अर्थमन्त्रीको छवी बनाउनुभएका पाण्डे र योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलो पटक निर्वाचनमा उम्मेदवार हुनुभएका पौडेल अहिले जनता रिझाउन प्रचारमा लाग्नुभएको छ।
कांग्रेस निर्वाचन प्रचार-प्रसारको विभिन्न उपसमिति गठन
काठमाडौं, कात्तिक १ गते। सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचन प्रचार-प्रसार कार्यसम्पादनको पहिलो बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ।समितिका संयोजक प्रवक्ता डा. प्रकाशशरण महतको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने उपसमिति गठन गर्ने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला संयोजक रहनेगरी टेलिभिजन समन्वय तथा प्रचार उपसमिति, उमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन युवा प्रचार नेटवर्क, जीत्जंग बस्नेतको संयोजकत्वमा जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार-प्रसार उपसमिति गठन गर्ने निर्णय गरिएको छ।यसैगरी, सूचना सङ्कलन तथा अनुगमन उपसमितिका संयोजक नैनसिंह महर, सामाजिक सञ्जाल प्रसार-प्रसार उपसमितिका संयोजक, राजीव ढुङ्गाना, रेडियो एफएम समन्वय तथा प्रचार-प्रसार उपसमितिको संयोजक गंगालक्ष्मी अवाल, सांस्कृतिक समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक विद्या तिमिल्सिना, प्रवास मिडिया समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक उर्मिला थपलिया, अनलाइन मिडिया समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक किरण गिरी, प्रवास समन्वय प्रचार-प्रसार उपसमितिका संयोजक किरणराज शर्मा, छापा माध्यम समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक रमेशप्रसाद धमला, निर्वाचन विषयवस्तु उत्पादन उपसमितिका संयोजक डा। प्रभु बुढाथोकी, खेलकुद क्षेत्र समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक कर्माछिरिङ्ग शेर्पा मनोनीत हुनुभएको छ।
मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति लोकतन्त्रको चुनौती : प्रमुख आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने कार्य जटिल भएकाले यसमा आयोग एक्लैको प्रयास सार्थक नहुने बताउनुभएको छ ।
कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने
नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।
एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सपना साकार पार्न सक्षम जनप्रतिनिधि चुन्ने अवसर आउँदो निर्वाचन भएको बताउनुभएको छ । उहाँले विकासको लहर ल्याउने र नेपालीको मुहारमा खुसी ल्याउने पार्टी एमाले भएको बताउँदै स्पष्ट बहुमत ल्याउने दाबी पनि गर्नुभएको हो ।
गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल
सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गरेको छ ।
राजनीतिज्ञ र उद्योगपतिको भिडन्त: त्रिपाठी र चौधरी प्रतिस्पर्धामा
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचनमा राजनीतिज्ञ हृदेश त्रिपाठी र उद्योगपति विनोद चौधरीबीच भिडन्त हुने भएको छ ।
नेपाल छिट्टै सम्पन्न राष्ट्र बन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल छिट्टै नै सम्पन्न राष्ट्र हुने सम्भावना रहेको बताउनुभएको छ।
ललितपुरको सम्पदा र संस्कृति प्रवर्द्धन गर्न उम्मेदवार बनेँ : ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कला, सम्पदा र संस्कृतिको प्रवर्द्धन गर्न आफू उम्मेदवार बनेको बताउनुभएको छ।
सञ्चारमन्त्री कार्कीको क्षेत्रमा २५ प्रत्याशी, उहाँबाहेक सबै नयाँ
प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ ले जिल्लाको मात्रै नभई देशको ध्यान तानेको छ । वर्तमान सरकारका कानुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सो क्षेत्रबाट उम्मेदवारी दिनुभएकाले सबैकाे ध्यान तानिएको हाे।
कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ सम्पन्न
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ ।
ओलीसँग चौबीस जनाको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ ले सबैको ध्यान तानेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ।
समानुपातिकतर्फको मतपत्र ढुवानी जारी
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको छ। निर्वाचन आयोगका अनुसार सोमबार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा मतपत्र ढुवानी भएको छ।
समानुपातिक मतपत्र आइपुग्यो
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र सोमबार यहाँ आइपुगेको छ ।
स्थानीय तहमा मतदाता शिक्षा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सबै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन गर्न आग्रह गरेको छ। निर्वाचन आयोगले मतदाता कार्यक्रमसम्बन्धी अवधारणापत्र र मतदाता शिक्षा निर्देशिका स्वीकृत गरिसकेको छ।