उम्मेदवार महरसँग स्पष्टीकरण माग
निर्वाचन आयोगले बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार भनी ४१ हजार रुपियाँ प्रदान गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा उम्मेदवार महरलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
प्रधानाध्यापक कुँवरलाई स्पष्टीकरण
निर्वाचन आयोगलले अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइयो : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याइएको बताएका छन् ।
निर्वाचन हुन एक महिना बाँकी
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् ।
काठमाडौं क्षेत्र नं ४ मा सूर्य चन्दले गगन थापालाई समर्थन गर्ने
काठमाडौं क्षेत्र नं ४ मा सङ्घीय संसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सञ्चारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्दले अन्ततः नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने बताउनुभएको छ ।
राजु गुरुङको रिट रेग्मी र खतिवडाको संयुक्त इजलासमा
सर्वोच्च अदालतमा रुपन्देही–२ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको राजु गुरुङको रिटमा सुनुवाइ जारी रहेको छ ।
इटहरीमा गोरखापत्रको निर्वाचन लक्षित अनुशिक्षण सुरु
गोरखापत्र संस्थानले प्रदेश नं १ र मधेश प्रदेशका जिल्ला समाचारदाताहरुलाई लक्षित गरी निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देशमूलक अनुशिक्षण कार्यक्रम सुरु गरेको छ ।
‘हेवी वेट’ उम्मेदवारले रोचक बन्दै बाँकेको निर्वाचन
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा पश्चिम नेपालमै अत्यधिक महत्त्व राख्ने बाँके जिल्लाका तीन वटै क्षेत्रमा हेवी वेट उम्मेदवार मैदानमा उत्रिएपछि निर्वाचन रोचक बन्दै गएको छ ।
आकर्षक नारा, कार्यान्वयन फितलो
राजनीतिक दलले युवा मतदातालाई लक्षित गरी घोषणापत्रमा आकर्षक नारा समावेश गर्ने गरे पनि कार्यान्वयनमा खासै चासो दिने गरिएको पाइँदैन । अघिल्लो निर्वाचनमा दलहरूले घोषणापत्रमा निःशुल्क वाइफाई, स्मार्ट सिटी, प्रत्येक प्रदेशमा विज्ञान, प्रविधि र अन्वेषण केन्द्र स्थापना जस्ता चुनावी नारा लेखिएका थिए । विगतका स्थानीय तह, सङ्घ र प्रदेशका निर्वाचनमा यस्ता चुनावी नाराले प्राथमिकता पाएका थिए ।
मेटाले गर्दैछ निर्वाचन सामग्री अनुगमन
आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ।
ललितपुरमा १३ सयभन्दा बढी म्यादी प्रहरी परिचालन हुने
ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिनुभएको हो ।
राष्ट्रिय कृषि सैनिक तयार पार्नुपर्छ : भट्ट
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका – १२ निवासी व्यावसायिक किसान विष्णु भट्ट नवलपुर क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । ‘भोट होइन, बोट रोपौं’ भन्ने अभियान चलाएर निर्वाचनमा मतदान नगरेका कृषक भट्ट नेताहरुलाई चुनौती दिँदै स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिनुभएको छ ।
अध्यक्ष नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिनिधिसभा सदस्य रौतहट क्षेत्र नं. १ का उम्मेदवार नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।
सिन्धुपाल्चोक-१ मा गठबन्धन र एमालेको प्रतिस्पर्धा
चित्र मिजार सिन्धुपाल्चोक, कातिक ३ गते । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा गठबन्धन, नेकपा (एमाले)लगायतका दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रतिनिधि सभा १ मा सत्ता गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा उम्मेदवार छन्। नेकपा एमालेबाट सरेश नेपाल, कृष्णबहादुर ठकुरी नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ग्याल्जेन शेर्पा, जनता समाजवादी पार्टी नेपालबाट डिबीसिंह लामा, मङ्गोल नेशनल अगर्नाइजेशन पार्टीबाट दाबा लामा प्रतिनिधि सभामा उम्मेदवार हुनुहुन्छ। त्यस्तै दिनेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी, नारायण पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी, विष्णुप्रसाद पौडेल स्वतन्त्र, मुकुन्द श्रेष्ठ स्वतन्त्र, रामकुमार जिसी स्वतन्त्र, वीरबहादुर तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सोमनोर्बु शेर्पा आमूल परिवर्तन पार्टी र नेपाल मजदुर किसान पार्टीबाट हरिलक्ष्मी दनेखु प्रतिनिधि सभा-१ को उम्मेदवार हुनुहुन्छ। १४ जना उम्मेदवार बने पनि मुख्य प्रतिस्पर्धा गठबन्धनका सापकोटा र एमालेका नेपालबीच हुने देखिन्छ।सिन्धुपाल्चोक निर्वाचन क्षेत्र–१ गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार माधव सापकोटा (बीचमा), प्रदेश सभा सदस्य उम्मेदवार मसिना खड्का भण्डारी र सरल सहयात्री पौडेल । गठबन्धन र एमाले प्रतिस्पर्धामा प्रतिनिधि सभा–१ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), समाजवादी, लोसपा र जनमोर्चा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा र नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपालबीच प्रतिस्पर्धा हुने देखिन्छ।४१ वर्षीय गठबन्धनका उम्मेदवार माधव सापकोटा जनप्रतिनिधि र प्रतिनिधि सभाका लागि नयाँ अनुहार हुनुहुन्छ। जनप्रतिनिधि भएर जनताको काम गरेको उहाँसँग अहिलेसम्म कुनै अनुभव छैन। सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भतिजा हुनुहुन्छ। सिन्धुपाल्चोक एमालेबाट प्रतिनिधि सभा उम्मेदवार सरेश नेपाल (बीचमा), प्रदेश सभा उम्मेदवार युद्धविक्रम लामा डिबी, होमनारायण श्रेष्ठ । एमालेका पुराना र केन्द्रीय सदस्यसमेत रहनुभएका सरेश नेपाल २०७४ सालमा भारी मतले बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँ अहिले सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ बाट प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ। प्रदेशसभामा कडा प्रतिस्पर्धानिर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा गठबन्धनबाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारी र एमालेका युद्धविक्रम लामा (डिबी) मुख्य प्रतिस्पर्धी हुनुहुन्छ। स्थानीय चुनावमा उक्त प्रदेश सभामा कांग्रेसले १४ हजार ७५५, नेकपा(माओवादी केन्द्र) ले चार हजार ७८९ र समाजवादीको ८९१ मत ल्याएका छन्। एमालेको १० हजार ३६६ र राप्रपाको ७८९ मत रहेको छ। यस्तै प्रतिनिधि सभा-१ को ‘ख’ प्रदेश सभामा गठबन्धनका उम्मेदवार सरल सहयात्री पौडेल र एमालेका होमनारायण श्रेष्ठ मुख्य प्रतिस्पर्धी हुनुहुन्छ। स्थानीय तह निर्वाचनमा कांगे्रसले २० हजार २०६, नेकपा (माओवादी केन्द्र) १४ हजार ५५४, समाजवादीले १५ सय मत ल्याएका छन्। यो क्षेत्रमा एमालेले १६ हजार १९३ र राप्रपाले ४२२ मत ल्याएका छन्।
सुर्खेतमा खड्का र शाहीबीच पुनः प्रतिस्पर्धा
सुर्खेत क्षेत्र नम्बर १ को निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका धुब्रकुमार शाही चुनावी मैदानमा हुनुहुन्छ ।
आचारसंहिता उल्लङ्घनका विषयमा मिडिया वाचडग हुनुपर्छ : आयुक्त डा.तुलाधर
निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधारले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित एवम् मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अङ्ग पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ ।
जनादेशबाट सरकार निर्माणको दिनगन्ती सुरु–ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनादेशबाट सरकार बन्ने दिन नजिक आइसकेको बताउनु भएको छ । निर्वाचनको महासङ्ग्राम सुरु भएको बताउँदै ओलीले जनताले सही विवेक प्रयोग गर्ने र मूलकलाई नयाँ दिशा निर्देश गर्ने गरी आफ्नो अभिमत जाहेर गर्ने प्रमुख दिनको रूपमा निर्वाचन रहेको भन्दै यस्तो बताउनु भएको हो ।
मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन लागि भक्तपुरमा विकास र सुशासनलाई सङ्घीय संसद्मा उठाउन सक्ने उम्मेदवार छनोट हुनुपर्ने स्थानीय मतदाताले अपेक्षा गरेका छन् । विकास र सुशासनलाई प्राथमिकताका साथ संसद्मा आवाज उठाउँदै नीति निर्माण गर्न सक्ने उम्मेदवार निर्वाचित हुनुपर्ने अपेक्षा स्थानीय मतदाताको छ।
मतदाता शिक्षा निर्देशिकामा फेरबदल
निर्वाचन आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि आयोगले परम्परागत शिक्षामा सुधार गर्न लागेको हो तर कार्यक्रम भने पुरानै ढाँचामा तयार गरिएको छ । स्थानीय निर्वाचनमा २.४० प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत मत आंशिक बदर भएको थियो ।
भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार थापालाई स्पष्टीकरण
निर्वाचन आयोगले आचारसंहिताको उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार एवम् नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने प्रलोभनबारे उम्मेदवार श्रेष्ठलाई स्पष्टीकरण
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
रुपन्देही-२ का उम्मेदवार गुरुङको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
रुपन्देही–२ सत्ता गठनबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको राजु गुरुङको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
काठमाडौं १६ का वडाध्यक्षलाई आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष रिजाल निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो ।