काठमाडौं, कात्तिक २ गते । रुपन्देही–२ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको राजु गुरुङको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासले बुधबार उम्मेदवार गुरुङको रिट हेर्न नभ्याइने सूचीमा रहेको हो ।
बैङ्किङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेपछि उहाँले असोज २७ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
यसअघि असोज ३० गते रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।