नेता पोखरेललाई राष्ट्रिय खेलाडीको साथ
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आगामी निर्वाचनका लागि ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले क्षेत्र नं. ५ मा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ।
गठबन्धनको जितले नागरिकताको समस्या समाधान हुन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई जिताए नागरिकता सम्बन्धी समस्या समाधान हुने बताउनुभएको छ।
निर्वाचनमा विजयी हुन एक ढिक्का भएर लाग्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई गटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा विजयी हुने बताउनुभएको छ । पार्टीभित्र सानामसिना असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने बताउनुभयो । तिहार, नेपाल सम्बत र छठको अवसरमा एमाले ललितपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।
दैलेखमा चुनावी मैदानमा पुरानै अनुहार
प्रतिनिधिसभा र प्रदेशसभामा दैलेख जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा पुरानै अनुहार दोहोरिएका छन् । दैलेख निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका रविन्द्रराज शर्मा प्रतिनिधिसभामा पुनः दोहोरिनु भएको छ भने सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका अम्मरबहादुर थापा चौंथो पटक निर्वाचन लड्दै हुनुहुन्छ ।
म्यादी प्रहरीको तालिम चल्दै, कात्तिक ९ बाट परिचालन हुने
अहिले म्यादी प्रहरीको तालिम चलिरहेको छ । असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम सञ्चालन हुनेछ । तालिम सकेको भोलिपल्ट अर्थात् कात्तिक ९ गतेबाट सुरक्षामा म्यादी प्रहरीलाई परिचालन गरिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
मतपत्रको पृष्ठभूमि रङ्ग सेतो
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ्ग सेतो रहेको छ ।समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ ।
बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा
बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सुदिपनरसिंह राणा, जसपाका उम्मेदवार पूर्व मन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका डा. धवलशम्सेर राणा प्रत्यासी हुनुहुन्छ ।
मुलुक आर्थिक सङ्कटमा फस्दै गएको भन्दै पूर्व अर्थमन्त्री पौडेलको चिन्ता
पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक सङ्कटमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी तथा व्यवसायी भेलामा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने अवस्था आएको आरोप लगाउनु भयो ।
समृद्धिको नारासहित उम्मेदवार मैदानमा
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल क्रमशः तात्न थालेको छ। यस पटक निर्वाचन आयोगको कडा आचारसंहिताका कारण अहिलेसम्म निर्वाचन क्षेत्रहरूमा आमसभा, कोणसभा, चुनावी -याली, माइकिङजस्ता कार्यक्रम गरिएका छैनन्। राजनीतिक दल तथा उम्मेदवार आफ्नो क्षेत्रका वडा र टोलमा चुनावी प्रचार कार्यालय, रणनीतिक बैठक, घोषणापत्र तयारीका साथै मतदाता घरदैलो कार्यक्रममा जुटेका छन्। कैलाली र कञ्चनपुरमा किसान धान भिœयाउने चटारोमा छन्। किसान बाली भिœयाउन व्यस्त रहेका कारण पनि अहिले गाउँटोलमा चुनावी प्रचारप्रसारले व्यापक गति लिन सकेको देखिँदैन।
मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवार बढी
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवार बढी छन्। मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि एक हजार ५९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिँदा करिब ५२ प्रतिशत अर्थात् ८४९ उम्मेदवार स्वतन्त्र नै छन्। आठवटै जिल्लामा चार/चारवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र गरी ३२ वटा र प्रदेश सभातर्फ आठ/आठवटा निर्वाचन क्षेत्र गरी ६४ वटा निर्वाचन क्षेत्र छन्।
पुराना हस्तीसँग नयाँ उम्मेदवारको रोचक प्रतिस्पर्धा
रुपन्देहीको निर्वाचन क्षेत्र नंं. ५ अहिले चर्चाको केन्द्रमा छ । उम्मेदवारी दिने क्रममा नेकपा (एमाले)को असावधानीका कारण राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले पद मात्रै गुमाउनु भएन उम्मेदवार पनि बन्न पाउनु भएन ।
कांग्रेसमा दलित उम्मेदवार शून्य
सत्ता गठबन्धनको प्रमुख र सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ दलितलाई टिकट नदिएपछि दलित समुदायले विरोध गरिरहेका छन्। प्रतिनिधि सभामा गठबन्धनबाट ९१ सिट पाएको कांग्रेसले दलितलाई प्रत्यक्षमा उम्मेदवार दिएन। प्रदेश सभामा पनि दलितले कांग्रेसबाट प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएनन्।
उम्मेदवारहरूसँग चिहानघाटको माग गर्दै मुस्लिम समुदाय
चन्द्रकोट गाउँपालिका वडा नम्बर चार शान्तिपुरका मुस्लिम समुदायले चिहानघाटको व्यवस्था गरिदिन उम्मेद्वारहरुसँग माग गर्नुभएको छ ।
गुरुङको उम्मेदवारी कायम भएन
रुपन्देही क्षेत्र नं. २ का नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि सभा सदस्यतर्फका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम नहुने भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न सर्वोच्च अदालतले अस्वीकार गरेसँगै गुरुङको मनोनयन कायम नहुने भएको हो । सर्वोच्चले यसअघि जारी अल्पकालीन आदेश खारेज गर्दै कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार हुन नपाउने आदेश गरेको हो ।
कार्यकारी भूमिकामा रहेकाको अख्तियारले छानबिन गर्न पाउनुपर्छ : प्रदीप पौडेल
सत्तारुढ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताउनुभएको छ।
हामी पाँच वर्षको कार्य योजनासहित अगाडि बढौं : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ।
गठबन्धनलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभएको छ।
आयोगले सोध्यो ४८ स्पष्टीकरण : ३० वटाको मात्र जवाफ
निर्वाचन आयोगले शुक्रबारसम्म ४८ वटा स्पष्टीकरण सोधेको छ। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ४८ वटा स्पष्टीकरण सोधेकोमा ३० वटाको मात्र जवाफ प्राप्त भएको हो।
मङ्सिरमै सरकार गठनको बाटो खुल्छ : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर २२ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गरी मङ्सिर महिनाभित्र सरकार गठनको बाटो खोलिदिने बताउनु भएको छ ।
सार्वजनिक बिदामा निर्वाचन खर्च विवरण बुझाउन सकिने : आयोग
निर्वाचन आयोगले सार्वजनिक बिदामा पनि स्थानीय तह निर्वाचनका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने व्यवस्था गरेको जनाएको छ । आयोगका समानुपाति निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई सो अवधिमा बुझाउन सक्ने निर्णय आयोगले गरेको जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फको एक करोड ५५ लाख मतपत्र छापियो, समानुपातिकको ढुवानी हुँदै
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक करोड ५५ लाख मतपत्र छापिएको छ ।
गठबन्धनभित्र शङ्का, उपशङ्का र बहानाबाजी नगरौँ : प्रधानमन्त्री देउवा
भोलिका दिनमा गठबन्धनकै सरकार बन्ने र अबको १०-२० वर्ष नै गठबन्धनबाट अघि बढ्ने उहाँको भनाइ छ।
प्रतिगमनविरुद्ध एकजुट हुनु स्वाभाविक : मुख्यमन्त्री पोखरेल
पोखरा, कात्तिक ४ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विशेष परिस्थितिलाई सम्हाल्दै देशको विकासका लागि अग्रगामी शक्ति एक भएको बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो। उहाँले आगामी निर्वाचनमा जनतालाई देश विकासका लागि अग्रगामी शक्ति एक ठाउँमा उभिएको जनकारी दिनुपर्ने बताउनुभयो। गठबन्धन एक हुँदा प्रतिपक्ष दलले माओवादी र कांग्रेसको विषयमा विरोधी कुरा ल्याइरहेको भन्दै त्यसलाई गठबन्धनका दलले चिर्न सक्नुपर्ने उहाँको भनाइ छ। मुख्यमन्त्री पोखरेलले मुलुकमा परिवर्तन गर्ने दुई शक्ति भनेको नेपाली कांग्रेस र माओवादी तथा एकीकृत समाजवादी भएको दाबी गर्नुभयो। मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘‘हामी निरङ्कुशताविरुद्ध लडेका थियौँ। बीचमा सामान्य अवस्थामा देश गयो। यो मुलुकमा परिवर्तन गर्ने दुई शक्ति एउटा लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस र अर्को वामपन्थी शक्ति हो। जसको मुलधारमा अहिले आएर माओवादी र एकीकृत समाजवादी आएको छ। यो संयुक्त प्रयत्नले मुलुकमा परिवर्तन ल्याएको छ र अहिलेको संविधानमाथिको निर्ममतापूर्वक अतिक्रमण भएको छ, प्रतिगमन भएको छ, त्योविरुद्ध हामी एक ठाउँमा रहनु हाम्रो स्वाभाविक प्रक्रिया हो।’’मुख्यमन्त्री पोखरेलले संविधानमाथिको अतिक्रमण र प्रतिगमनविरुद्ध एकजुट हुनु स्वाभाविक भएको बताउनुभयो।