काठमाडौं–१० मा माओवादीद्वारा गठबन्धन अस्वीकार
नेकपा (माओवादी केन्द्र) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीनजना सदस्यहरूको उम्मेदवारी कायम रहेको जनाएको छ ।
जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह
नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज (आइतबार) मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताउनुभएको हो ।
दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ ।
५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ वटा जिल्लामा ढुवानी सम्पन्न
निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको छ ।
काठमाडौँ ६ मा रोचक प्रतिस्पर्धा
आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ मा प्राध्यापक र पूर्वप्रहरी प्रमुखबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सत्तारूढ गठबन्धनको साझा उम्मेदवारका तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान र नेकपा एमालेबाट पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चुनावी मैदानमा हुनुहुन्छ। सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुप्रसाद आचार्यसमेत चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ।
राजनीति व्यवसाय होइन, सेवा हो : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति व्यवसाय नभई सेवा भएको बताउनुभएको छ।
प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।
जनताको रेल चढ्ने सपना पूरा हुन्छ: एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लाखौँलाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा विकास गर्ने लक्ष्यका साथ सुरु गरिएको रेलमार्ग र औद्योगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताउनुभएको छ ।
विकासका लागि निर्धक्क भोट हाल्नुहोस् : मेटमणि चौधरी
सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफूलाई निर्धक्क भोट हाल्न अनुरोध गर्नुभएको छ ।
सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छ : आयुक्त तुलाधर
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताउनुभएको छ ।
कांग्रेसको प्रतिज्ञा : ११ काम गर्ने, नौ काम नगर्ने
सङ्घीय संसद् र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र सङ्घीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई प्रदेश र स्थानीय तहका क्षमता अभिवृद्धि गर्ने छौँ ।
बुढीगण्डकी परियोजना निर्माण कार्य सुरु हुन्छ: माओवादी अध्यक्ष प्रचण्ड
राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना समयमै निर्माण थाल्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।
कांग्रेस निर्वाचन घोषणापत्र : समावेशी लोकतन्त्रका पाँच आधार (पूर्णपाठसहित)
नेपाली कांग्रेसले संविधानवादको जगमा लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी स्वामित्व र अपनत्व स्थावित गर्ने बताएको छ ।
‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।
दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति आचारसंहिता प्रतिकूल हुने
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस महामन्त्री थापालाई पुनः स्पष्टीकरण माग
निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगन कुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी कार्य तीव्र
निर्वाचन आयोगले निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्यलाई तीव्रता दिएको छ।
सत्ता गठबन्धनद्वारा साझा उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)
गठबन्धनले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको साझा नामावली सार्वजनिक गरेको हो ।
उम्मेदवारको चुनिन पाउने अधिकार सुनिश्चित छ : प्रवक्ता पौडेल
निर्वाचन आयोगले उम्मेदवारहरूको चुनिन पाउने अधिकार नै हनन् हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले समूह नै बनाएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको चुनिन पाउने अधिकार हनन् हुनेखालका सामग्रीहरू पोष्ट गरिरहे भन्दै आयोगको यस्तो भनाइ आएको हो ।
गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलको अपिल
सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण मतदाताहरुलाई अपिल गरेको छ ।
जसपाले घरदैलो अभियान तीव्र बनाउँदै
दीपावली सकिएसँगै जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २ मा आफ्नो निर्वाचन अभियान तीव्र बनाउँदैछ । क्षेत्र नं २ मा पर्ने २७ वटै वडामा भोलि (शनिबार) एकैसाथ जसपाले घरदैलो सुरु गर्दैछ ।
उम्मेद्वार सिटौला मतदाताको घर आँगनमा
नेपाली काँग्रेसका नेता एवं झापाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार कृष्णप्रसाद सिटौला मतदाताको घर आँगनमा पुगेर स्थानीयका समस्या सुन्दै समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।
गुल्मीलाई विकास निर्माणमा नमुना बनाउने अवसर: उम्मेदवार श्रेष्ठ
गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नं –२ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले जिल्लालाई विकास निर्माणमा नमूना बनाउने बताउनुभएको छ । निर्वाचनमा विजयी गराई आम गुल्मेली जनताको सेवासँगै जिल्लालाई विकास निर्माणमा नमूना बनाउन अवसर प्रदान सबै मतदातासँग आग्रह गर्नुभएको हो ।