• १८ वैशाख २०८१, मङ्गलबार

कांग्रेस निर्वाचन घोषणापत्र : समावेशी लोकतन्त्रका पाँच आधार (पूर्णपाठसहित)

blog

निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : केशब गुरुङ

ललितपुर, कात्तिक १२ गते । नेपाली कांग्रेसले संविधानवादको जगमा लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी स्वामित्व र अपनत्व स्थापित गर्ने बताएको छ ।

शनिबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नुभएको निर्वाचन घोषणापत्रमा समाजमा सहअस्तित्वको भावलाई बलियो बनाउँदै समुन्नतिको मार्ग नै नेपाली कांग्रेसको राजनीतिक कार्यदिशा हुने उल्लेख छ ।

घोषणापत्रको १४ पृष्ठमा समावेशी लोकतन्त्रका पाँच आधार समावेश गरिएको छ । यसमा नेपाली कांग्रेस संविधानमा लिपिबद्ध अधिकारको रक्षा गर्दै सबै नेपालीको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितता गर्दै सबैको प्रगति र प्रतिष्ठासहितको जीवनयापन गर्न पाउने वातावरण निर्माणका लागि समावेशी लोकतन्त्रका निम्न पाँच ‘प’ मा आधारित मान्यता अङ्गीकार गर्ने उल्लेख छ ।

१. पहिचान

२. प्रतिनिधित्व
३. पहुँच
४. प्रतिष्ठा
५. प्रगति