• १८ वैशाख २०८१, मङ्गलबार

कांग्रेसको निर्वाचन सङ्कल्पपत्र सार्वजनिक

‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’

blog

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको सङ्कल्पपत्र सार्वजनिक गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

ललितपुर, कात्तिक १२ गते । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सङ्कल्पपत्र सार्वजनिक गरेको छ । सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको चुनावी सङ्कल्प पत्र (घोषणा पत्र) सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको हो ।


प्रधानमन्त्री देउवाले सार्वजनिक गर्नुभएको ५२ पृष्ठ लामो घोषणापत्रको मुख्य नारा ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने रहेको छ ।

घोषणापत्र निर्माण गर्न महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति बनेको थियो ।