• १३ असोज २०८१, आइतबार

दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति आचारसंहिता प्रतिकूल हुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १२ गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आगामी निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९  बमोजिम यस सन्दर्भमा कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्ने सन्दर्भमा आयोगको ध्यानाकर्षण भएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक दल र सम्बन्धित सरोकारवालाबाट नै निर्वाचन आचारसंहिता पालना हुन नसकेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट कुनै पनि दल र उम्मेदवारको पक्ष वा विपक्षमा अभिव्यक्ति दिन कुनै बाधा नरहेको तर दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति आचारसंहिचा प्रतिकूल हुने आयोगले जनाएको छ ।

आयोगले सामाजिक सद्भाव खलल पार्ने, भेदभाव र दुरुत्साहनलाई प्रोत्साहन गर्ने, एकअर्कालाई गाली बेइज्जती गर्ने यस्ता शैलीलाई निरुत्साहित गर्न खोजिएको समेत आयोगले प्रष्ट्याएको छ । 

समग्रमा निर्वाचनको निष्ठा जोगाउने र प्रवर्द्धन गर्ने पवित्र प्रयासमा लोकतन्त्र, निर्वाचन पक्षधरका साथै सरोकारवालाहरुले साथ, सहयोग र समर्थन रहने विश्वास आयोगले व्यक्त गरेको छ ।