भित्तेलेखन गर्न निषेध : निर्वाचन आयोग
निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ । आयोजले भित्ते लेखन गर्न निषेधदेखि झण्डा र चुनावचिन्हको आकार निर्धारण, १० भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न रोक, आमसभा र कोणसभाको खर्च विवरण ७ दिनभित्र पेस गर्नुपर्ने जस्ता मापदण्ड तय गरेको छ ।
आचारसंहिताविपरीत प्रचार गरेकोमा उजुरी
आगामी निर्वाचनका लागि आचारसंहिताविपरीत कार्य गरेको भन्दै इलाममा १५ वटा उजुरी परेका छन्। निर्वाचन अनुगमन अधिकृत भूमिराज भुसालले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा प्रचार गरेको तथा प्रतिक्रिया गरेकोमा छवटा, निर्वाचनमा प्रभाव पार्ने तथा धार्मिक सहिष्णुता खलल गर्ने गरी प्रचार–प्रसार तथा प्रकाशन गरेकोमा तीनवटा सञ्चारमाध्यमविरुद्ध उजुरी परेको जानकारी दिनुभयो।
सङ्खुवासभामा मतदाता शिक्षा कार्यक्रम सुरु
सङ्खुवासभाका १० वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सवै स्थानीय तहमा विभिन्न चरणमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।
गुल्मीमा दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने
मङसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मीमा दुई हजार पाँच सय सुरक्षाकर्मी खटिने भएका छन् ।
संविधान च्यात्ने प्रपञ्चविरुद्ध सचेत बनौं : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले संविधान च्यात्ने षड्यन्त्रविरुद्ध सचेत हुनुपर्ने बताउनुभएको छ ।
जनताको अवस्था बदल्न उम्मेदवार बनेको हुँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तनहुँ-१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले जनताको अवस्था बदल्नको लागि उम्मेदवार बनेको बताउनु भएको छ।
डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले प्रतिनिधिसभा अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा नेपाल स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले निर्वाचन आयोगको नाममा उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
२० ग्यारेन्टीको सुनिश्चित भुक्तानी : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सार्वजनिक गरेको २० ग्यारेन्टीको भुक्तानी एमालेले नेपाली जनतालाई सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मंगलबार पार्टी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा लाइभ डिवेटमा अध्यक्ष ओलीले सो प्रतिवद्धता जनाउनुभएको हो ।
जनताको शिर झुक्न दिने छैन : श्रेष्ठ
गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले गुल्मेली जनताको शिर नझुक्ने गरी काम गर्ने बताउनुभएको छ। उहाँले विकास आफ्नो पहिलो एजेण्डा भएकोसमेत प्रष्ट पार्नुभएको छ।
प्रदेशसभातर्फ ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नै छैनन्
प्रदेशसभा सदस्यका लागि ३३० निर्वाचन क्षेत्रमध्ये ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नभएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले उम्मेदवार र शिक्षकसहित नौ जनालाई सोध्यो स्पष्टीकरण
पदीय दायित्वसमेत ख्याल नगरी निर्वाचनसम्बन्धी दलका बैठक, भेलालगायत कार्यक्रममा सहभागी हुने उम्मेदवार र शिक्षकलाई स्पष्टीकरण सोधेको आयोगले बुलेटिनमार्फत जानकारी गराएको हो।
खेतबारीमा पानी : खाडीमा हैन, स्वदेशमै जवानी
नेकपा (एमाले) ले सार्वजनिक गरेको ९६ पृष्ठ लामो निर्वाचन घोषणापत्रको मुलमन्त्र ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ रहेको छ । साथै घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।
नेकपा (एमाले) को चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
मङ्गलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
निर्वाचनमा यसरी खटिन्छन् जनशक्ति
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालित हुने भएका छन् ।
बागलुङका ३५ प्रतिशत केन्द्र अति संवेदनशील
बागलुङका ३५ प्रतिशत मतदान केन्द्र सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो ।
निर्वाचनमा प्रयोग गर्न भारतले दियो दुई सय गाडी उपहार
काठमाडौंस्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई दुई सय वटा सवारी साधन उपहार दिएको छ ।
सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त डा. तुलाधर
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
सरकारी सम्पत्ति प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम हुँदैन : आयुक्त भण्डारी
निर्वाचन आयोगले सरकारी सम्पत्तीको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ ।
सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न भएको छ ।
गठबन्धन दलबीच नै चुनावी प्रतिस्पर्धा
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबिच गठवन्धन भएपनि समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा वा प्रदेशसभामा भाग खोजेको समाजवादीले भाग नपाएपछि उम्मेदवार अगाडि सारेको हो ।
डा. तोसिमा कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै
उम्मेदवारी खारेजीविरुद्ध डा. तोसिमा कार्कीले दिएको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
एकीकृत समाजवादीकाे घोषणापत्र : कृषि उत्पादकत्वमा जोड
नेकपा (एकीकृत समाजवादी)ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ ।
कायम उम्मेदवारको मात्र मतपत्रमा चिह्न
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुने भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जानकारी दिएको छ।
चुनावी प्रचारप्रसार सञ्चारमाध्यमबाट पनि
आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनमा सहभागी हुने राजनीतिक दलहरू तथा उम्मेदवारहरूले आफ्नो चुनावी खर्चको दायरामा रहेर विभिन्न सञ्चारमाध्यममा चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले सञ्चारमाध्यमको प्रयोग गर्दा अपनाउनुपर्ने आचरणसहित आफ्नो प्रचारप्रसार गर्न पाउने स्पष्ट पारेको छ ।