• ११ मंसिर २०८१, मङ्गलबार

जनताको शिर झुक्न दिने छैन : श्रेष्ठ

blog

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) का गठबन्धन उम्मेदवार भुवनप्रसाद श्रेष्ठ। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १५ गते। गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले गुल्मेली जनताको शिर नझुक्ने गरी काम गर्ने बताउनुभएको छ। उहाँले विकास आफ्नो पहिलो एजेण्डा भएकोसमेत प्रष्ट पार्नुभएको छ। 

‘जिल्लाको समग्र पक्षको विकास गर्न गठबन्धनको तर्फबाट यस प्रदेशसभा निर्वाचन क्षेत्रमा साझा उम्मेदवारको रूपमा म आएको हुँ”, उहाँले भन्नुभयो। 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापतिसमेत रहनुभएका श्रेष्ठले हरेक विपत्तिमा जनताको सेवाका लागि अग्रमोर्चामा रहेर आफूले निरन्तर जनताकै काम गर्दै आएको बताउनुभयो। सधैँ नागरिकसँग जोडिएर काम गर्दै आएको उहाँले दाबी गर्नुभयो। विकासविहीन जस्तो देखिएको गुल्मी जिल्लालाई पाँच वर्षको समयमा विकास निर्माणमा अब्बल बनाउने उम्मेदवार श्रेष्ठको भनाइ छ। 

यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा सत्तारुढ दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट प्रतिस्पर्धामा हुनुहुन्छ। प्रदेशसभामा श्रेष्ठसँग नेकपा एमालेकै डिल्लीराज भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ।