कल सेन्टरमा आएका अधिकांश जिज्ञासाहरूको सम्बोधन
गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल एक हजार ५०२ कलमध्ये एक हजार १९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको छ ।
‘नो नट अगेन’ फेसबुक पेज तत्काल बन्द गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले केही सामाजिक सञ्जाल प्रयोगकर्तासमेतबाट फेसबुक पेज ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलको नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
धनुषा– ४ मा त्रिपक्षीय प्रतिस्पर्धा
धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिनुभएको छ । सत्ता गठबन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा (एमाले)बाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हट्यो
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।
कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत
सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनित हुनुभएको छ।
विवेकशील साझा सकिएको छैन: अध्यक्ष बास्कोटा
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ।
प्रतिनिधिसभाका उम्मेदवारले तीन वटा सम्पर्क कार्यालय खोल्न पाउने
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको छ । मङ्गलबार आयोगले दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको हो ।
काठमाडौं-१० मा गठबन्धन दलबीच नै प्रतिस्पर्धा
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा हुनेभएको छ । कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका (१० क) र चन्द्रागिरि नगरका केही वडाहरू रहेको (१० ख) क्षेत्रमा गठबन्धनमा रहेको प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच प्रतिस्पर्धा हुने भएको हो ।
दल र उम्मेदवारले सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड तय गरिएको छ ।
चारवटा मतपत्रमा गर्नुपर्छ मतदान
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचनपछि गठबन्धनको बलियो सरकार बन्छ : काँग्रेस उपसभापति खड्का
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले मुलुकमा देखिएको समस्याको निकास र जनताले खोजेको विकासको चाहना पूरा गर्ने काम निर्वाचनपछि बलियो गठबन्धनको सरकारले पूरा हुनसक्ने बताउनुभएको छ ।
सल्यानमा गठबन्धन दलबीच सहमति
आन्तरिक असहमति हुँदा साझा कार्यक्रम बनाउन नसकेको सत्ता गठबन्धन दलबीचमा एकताबद्ध भएर प्रचारप्रसार लगायतका कार्य गर्ने सहमति भएको छ ।
आचारसंहिता उल्लङ्घनविरुद्ध यसरी दिन सकिन्छ उजुरी
निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्नेछ ।
भोट माग्न खेतबारीमा उम्मेदवार
बर्खेबाली भित्र्याउने समयमा निर्वाचन परेकाले मतदाताहरु खेतबारेमा व्यस्त भएकाबेला उम्मेदवारहरु भोट माग्न खेतबारीमै पुग्नुभएको छ ।
निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनुहुन्न : प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताउनुभएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ नौ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी
समानुपातिकतर्फ नौ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा रहेको आयोगले जनाएको छ ।
काभ्रेको दुवै क्षेत्रमा एमाले र गठबन्धन उम्मेदवारबीच प्रतिस्पर्धा
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताको घरदैलो अभियानमा जुटेका छन् । जिल्लाका आम मतदाताको ध्यान प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ का उम्मेदवारमा केन्द्रित देखिएको छ ।
एमाले र राप्रपाद्वारा बागी उम्मेदवारलाई कारबाही
नेकपा एमाले र राप्रपाले पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएका आ–आफ्ना पार्टी सदस्यलाई कारबाही गरेको छ । पार्टी नीति विपरीत एमाले लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य तीर्थ डाँगीले प्रदेश सभा सदस्यको लागि बाँके निर्वाचन क्षेत्र नम्बर– १ ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएकाले कारवाही गरेको एमाले बाँके उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिनुभयो ।
स्वतन्त्र उम्मेदवार भुसाललाई कांग्रेसका प्रदेश उम्मेदवारको सहयोग
नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभामा रुपन्देही १ बाट स्वतन्त्र उम्मेद्वार बन्नुभएका घनश्याम भुसालको सहयात्री अहिले कांग्रेस बनेको छ । निर्वाचन नजिकिँदै जाँदा भुसाल कांग्रेसका प्रदेश सभाका उम्मेदवारसँगै मत माग्दै घरदैलो गरिरहनुभएको छ ।
फेरि सर्यो कांग्रेसको घोषणापत्र सार्वजनिक हुने कार्यक्रम
सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सरेको छ । सोमबार बिहान प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी गराएको हो ।
गठबन्धनको जितका लागि सबै मिल्नुको विकल्प छैन : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक विकल्प नभएको बताउनु भएको छ।
‘संविधान र उपलब्धि रक्षाका लागि गठबन्धन’
अविनाश चौधरीधनगढी, कात्तिक ६ गते । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूले संविधान र उपलब्धि रक्षाका लागि मुलुकमा पाँच दलीय गठबन्धन बनेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्नुहुँदै उहाँहरूले संविधान कुल्चने, गणतन्त्रलाई उल्ट्याउने चेष्टा भएपछि प्रतिगमनको विरुद्ध अग्रमणको गठबन्धन भएको उल्लेख गर्नुभयो। गठबन्धनको मूल उद्देश्य जनताको सङ्घर्षबाट प्राप्त संविधानको रक्षा गर्नु रहेको उहाँहरूको भनाइ थियो। मुलुकमा जबजब सङ्कटको बादल मडारिएको छ, त्यो बेला कांग्रेस र वामपन्थी शक्ति मिलेर त्यसविरुद्ध लड्दा ठूलठूला परिवर्तन भएको नेताहरूले उल्लेख गर्नुभयो। भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रात्मक सङ्घीय प्रणालीलाई बचाउनका लागि गठबन्धनको आवश्यकता परेको बताउनुभयो। सङ्घीयता बचाउन र विकासका लागि गठबन्धनको जित हुन आवश्यक रहेको उहाँको भनाइ थियो। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एउटा विशिष्ट परिस्थितिमा गठबन्धन बनेको उल्लेख गर्नुहुँदै गठबन्धन दलको भाषा, स्पिरिट एउटै रहेको बताउनुभयो। उहाँले गठबन्धन पराजित भएमा मुलुक फेरि दुर्घटनातिर जाने खतरा रहेको उल्लेख गर्नुभयो। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रगमन पक्षधर दलबीचको एकता र गठबन्धन स्वाभाविक रहेको उल्लेख गर्नुहुँदै गठबन्धनको उद्देश्य पवित्र रहेको बताउनुभयो। ‘जनतालाई विकास र सुशासनको प्रत्याभूति गराउन गठबन्धन गरेका हौँ’, उहाँले भन्नुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहनु भएका गठबन्धनका संयोजक रामचन्द्र पौडेलले गठबन्धन दलको यो अभियान लोकतन्त्र रक्षाको महा अभियान रहेको बताउनुभयो। यसैगरी, जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनविरुद्ध लडाइँका लागि पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्नुभयो।
जनताको पक्षमा काम गर्ने अवसर दिन मतदातासँग आग्रह
गुल्मीको निर्वाचन क्षेत्र नं – २ का गठबन्धन दलका साझा उम्मेदवारहरुले संविधानको रक्षासँगै जनताको पक्षमा काम गर्नका लागि गठबन्धन भएको बताउनुभएको छ ।
काठमाडौँ १० मा कांग्रेस र माओवादीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ: नेता श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनविरुद्ध सत्ता पक्षीय गठबन्धन निर्माण भएको बताउनुभएको छ । शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा आइतबार यहाँस्थित आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।