• २० असोज २०८१, आइतबार

‘लालसलाम, जय नेपाल, अभिवादन हामी हौं’

गठबन्धनभित्र शङ्का, उपशङ्का र बहानाबाजी नगरौँ : प्रधानमन्त्री देउवा

blog

बुटवलमा आयोजित गठबन्धनको प्रशिक्षण कार्यक्रममा सहभागी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका शीर्ष नेता। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक ४ गते। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ। भोलिका दिनमा गठबन्धनकै सरकार बन्ने र अबको १०-२० वर्ष नै गठबन्धनबाट अघि बढ्ने उहाँको भनाइ छ।

शुक्रबार बुटवलमा सत्ता गठबन्धनद्वारा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। ‘‘पार्टीले यो गठबन्धन बचाउनु अति आवश्यक छ। यसमा कुनै शंका उपशंका गर्ने ठाउँ दिनुहुँदैन, अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो।

उहाँले हामी को अराष्ट्रवादी छौं यहाँ ? भन्दै प्रश्नसमेत गर्नुभयो। ‘‘लडेर ल्याउने हामी, अनि हामी नै अराष्ट्रिय कसरी हुन सक्छौं ? त्यसकारण राजावादी राष्ट्रवादी होइनन्। राष्ट्रवादी पनि हामी हौं, लोकतन्त्रवादी पनि हामी हौं, समाजवादी पनि हामी हौं’’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं, अभिवादन पनि हामी हौं।’’ 

प्रधानमन्त्री देउवाले कांग्रेसले सबैभन्दा बढी उदारता देखाएर गठबन्धनलाई सफल बनाउनुपर्ने बताउनुभयो।  देउवाले संविधानको रक्षा प्रमुख काम भएको धारणा राख्नुभयो।