• ११ मंसिर २०८१, मङ्गलबार

‘हेवी वेट’ उम्मेदवारले रोचक बन्दै बाँकेको निर्वाचन

blog

बाँकेको क्षेत्र नम्बर १, २ र ३ बाट उम्मेदवार बन्नुभएका महेश्वर जङ्ग गहतराज, मोहम्मद इश्तियाक राइ र किशोरसिंह राठौर । तस्बिर : गोरखापत्र

नेपालगन्ज, कात्तिक ४ गते । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा पश्चिम नेपालमै अत्यधिक महत्त्व राख्ने बाँके जिल्लाका तीन वटै क्षेत्रमा हेवी वेट उम्मेदवार मैदानमा उत्रिएपछि निर्वाचन रोचक बन्दै गएको छ ।  

बाँकेमा एक जना बहालवाला मन्त्री, एक पुर्वमन्त्री र एक प्रमुख राजनीतिक दलका सह महामन्त्रीले उम्मेदवारी दिएकोले यहाँको चुनावले सबैको ध्यान आकर्षित गरिरहेको छ । जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमध्ये दुई वटामा दुईपक्षीय र एक क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । हेवी वेट उम्मेदवारहरू जिल्लाका तीन वटै क्षेत्रमा रहेकोले सबै निर्वाचन क्षेत्र हट सिट बनेका छन् । क्षेत्र नम्बर १ र ३ मा दुई पक्षीय तथा २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

यो पनि पढ्नुहोस

अहिले काम चुनावका कुरा पछि

आकाशियो तरकारीको मूल्य

क्षेत्र नम्बर १ बाट सङ्घीय सरकारका बहालवाला मन्त्री महेश्वरजङ्ग गहतराज र क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका सह महामन्त्री किशोरसिंह राठौर सत्ता गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ भने क्षेत्र नम्बर २ बाट हालै मात्र सरकारबाट बाहिरिनुभएका पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

क्षेत्र नम्बर १ र ३ मा सत्ता गठबन्धनका उम्मेदवारलाई सोझै एमालेका उम्मेदवार क्रमशः सूर्य ढकाल र किस्मतकुमार कक्षपतिले चुनौती दिइरहनु भएको छ भने क्षेत्र नम्बर २ मा भने राईलाई राप्रपा र एमालेका साझा उम्मेदवार धवल समसेर राणा र नेपाली काँग्रेसका सुदिपनरसिंह राणाले चुनौती दिँदै छन् । 

यो पनि पढ्नुहोस

एनएचपीसीलाई पश्चिम सेतीको सर्वेक्षण अनुमति

उपकुलपतिविहीन विश्वविद्यालय

जिल्लाको क्षेत्र नम्बर १ र ३ मा उम्मेदवारहरुबीच दोहोरो भिडन्त र २ मा त्रिपक्षीय भिडन्त भइरहेको अधिकांश मतदाता र विश्लेषकको भनाइ छ । क्षेत्र नम्बर १ र ३ मा गठबन्धन भएको कारण सत्ता गठबन्धनका उम्मेदवारहरू मन्त्री गहतराज र काँग्रेसका सह महामन्त्री राठोरको अवस्था दिनदिनै सुदृढ बन्दै गएको छ । तर, क्षेत्र नम्बर २ मा पूर्वमन्त्री राई हालसम्म अन्य उम्मेदवारभन्दा अगाडि देखिए पनि प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । 

सो क्षेत्रमा गठबन्धन नभएपछि र नेपाली काँग्रेसले उम्मेदवार उतारेपछि राप्रपाका राणा र स्वतन्त्र उम्मेदवार दिवाकर खनाल कमजोर बनेका छन् । सोही कारणले असली लडाइँ राई र नेपाली काँग्रेसका सुदीप राणाबीच नै हुने आकलन गरिएको छ । उक्त क्षेत्रबाट राई दोहोरिने दाउमा हुनुहुन्छ भने दुवै जना राणा पहिलो पटक संसदमा पुग्ने दाउमा हुनुहुन्छ । 

स्थानीय निर्वाचनमा कुनै पनि पालिका जित्न नसकेको एमालेलाई यस पटक पनि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज देखिँदैन । गठबन्धनका कारण एमाले अपेक्षाकृत रूपमा बलियो देखिएको छैन भने क्षेत्र नम्बर २ बाट एमालेले कसैलाई उम्मेदवार नबनाएर राप्रपालाई समर्थन गरेको छ । 

यो पनि पढ्नुहोस

योगदानको कदर गर्न घरेलु श्रमिकको माग

मुस्ताङमा युवा र पाका नेतृत्वबीच भिडन्त

Author

सिराज खान