सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमध्ये काङ्ग्रेसबाट धेरै उम्मेदवार
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसले सुदूरपश्चिमका १६ मध्ये ९ क्षेत्रमा उम्मेदवार उठाउन पाएको छ । यस्तै प्रदेशका ३२ मध्ये १८ क्षेत्रमा काँग्रेसका उम्मेदवार छन् ।
कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्र होइन : डा भट्टराई
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताउनुभएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र १८ जिल्लामा ढुवानी
मङ्सिर ४ मा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण चार करोड छ लाख पाँच हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने छ व्यक्ति र आठ संस्थालाई स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने छ जना व्यक्ति र आठ संस्थालाई स्पष्टिकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले निर्वाचन आचारसंहिता उल्लङ्घगन गर्नेमा पार्टीका मुख्य नेता, उम्मेदवार, व्यक्ति, संस्था, पार्टी, मन्त्रालय, सरकारी कार्यालय लगायतलाई स्पष्टिकरण सोधेको जानकारी दिनुभएको हो ।
निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापन सम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण
निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
आचारसंहितामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिनुभएको छ ।
आयोगद्वारा निर्वाचन चिह्न हेरफेर
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्धारण गरेको निर्वाचन चिह्नमा हेरफेर गरेको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले शनिबार विज्ञप्ति जारी गर्नुहुँदै निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको जानकारी दिनुभयो ।
‘सञ्चारमाध्यमले दल, उम्मेदवार र नागरिकबीच समन्वयको काम गर्नुपर्छ’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आमसंचार माध्यमले निर्वाचन आयोग, राजनीतिक पार्टी, उम्मेदवार र नागरिकबीच समन्वयनको रुपमा काम गर्नुपर्ने बताउनुभएको छ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ सुरु भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी थालिएको छ। आठ जिल्लाका लागि आवश्यक समानुपातिकतर्फको मतपत्र शुक्रबार ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ।
कांग्रेस घोषणापत्रको मस्यौदा सुझावसहित पारित
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको प्रारम्भिक मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको छ।
पूर्ण प्रेस स्वतन्त्रताप्रति आयोग स्पष्ट छ : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेको बताउनुभएको छ । आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न उहाँले आग्रह गर्नुभएको छ ।
संघीयता कार्यान्वयनका लागि गठबन्धन
छिन्चु समाचारदातासुर्खेत, असोज २८ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताउनु भएको छ। एउटै उद्देश्य बोकेर पाँच दलीय गठबन्धन बनेको बताउनुहुँदै उहाँले उद्देश्य पूरा नहुँदासम्म गठबन्धन रहने उल्लेख गर्नुभयो।‘सङ्घीयता र गणतन्त्रविरुद्धमा लाग्नेलाई परास्त गर्नका लागि गठबन्धन बनेको हो’, शुक्रबार पाँच दलीय गठबन्धनले गुर्भाकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य शाहीले भन्नुभयो, ‘सङ्घीयताको कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पाँच दलीय गठबन्धन बनेको हो। यो दीर्घकालसम्म रहन्छ।’ कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका शाहीले विकास र समृद्धिका लागि नीतिसँगै नेतृत्व पनि राम्रो हुनुपर्ने बताउनुभयो। ‘सुर्खेतले देश हाँक्ने नेतृत्व पाएको छ,’ उहाँले भन्नुभयो, ‘देशलाई सही मार्गमा डोर्याउन कर्णालीसहित समग्र देशको विकास गर्नका लागि सही नेतृत्वलाई जिताउन आवश्यक छ।’ गठबन्धनबाट सुर्खेत क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार खड्कबहादुर पोखरेलले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। नेकपा (माओवादी केन्द्र)बाट सुर्खेत क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार कृष्ण जिसीले गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता चित्रबहादुर रेग्मीले संविधान मिच्ने, लोकतन्त्रको चीरहरण गर्ने, जनप्रतिनिधि संस्थालाई विघटन गर्ने विरुद्ध गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो।
निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा
निर्वाचन आयोगले निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्रि नम्बर ११०२ सञ्चालनमा ल्याएको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले शुक्रबारदेखि टोल फ्रि नम्बर ११०२ सञ्चालनमा ल्याएको हो ।
बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारी : विनोद चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील
गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्।
दलका उम्मेदवारसँग भिड्दै बागी तथा स्वतन्त्र उम्मेदवारहरु
प्रतिनिधि तथा प्रदेश सभाको आसन्न निर्वाचनमा महोत्तरीमा बागी तथा स्वतन्त्र उम्मेदवारको बर्चस्व देखिएको छ । अधिकांश बागीहरुले दलको ह्विप अटेर गर्दै नाम फिर्ता लिन नमानेपछि आधिकारिक उम्मेदवारलाई यो निर्वाचन चुनौतीपूर्ण हुने आकंलन गरिएको छ ।
जिल्लाभर एक मात्रै महिला उम्मेदवार
मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
आठ वटै संवैधानिक आयोगले चुनावको अनुगमन गर्ने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आठ वटै संवैधानिक आयोगले अनुगमन गर्ने भएका छन् । संयुक्त रुपमा बसेको बैठकले संयुक्त रुपमै अनुगमन तथा मुल्यांकन गर्ने निर्णय गरेको हो ।
काउन्सिलसँग समन्वय गरेर अघि बढ्न आयोगलाई पत्रकारको सुझाव
निर्वाचन आयोगले मिडिया अनुगमनको नाममा सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोप्रति नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायले विरोध जनाएका छन् । प्रेस काउन्सिल नेपालले आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिले सो विरोध जनाएका हुन् ।
१२ सिटका लागि कर्णालीमा ७४ उम्मेदवार भिड्दै
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
स्वतन्त्र उम्मेदवारले आचारसंहिता उल्लङ्घन गर्दै
सप्तरीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेगरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ विपरित राजनैतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारप्रसार गरिरहेको पाइएको हो ।
सबै प्रदेशमा सत्ता गठबन्धनले कार्यकर्ता भेला गर्ने : यस्तो छ कार्यक्रम
सत्ता गठबन्धनले सबै प्रदेशमा चुनाव केन्द्रित संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ।
निर्वाचन आचारसंहिता पालना गराउन निर्देशन दिने आयोगको निर्णय
काठमाडौं, असोज २७ गते। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ पालना गराउन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ। आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् धाँधलीरहित बनाउने सन्दर्भमा आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिने निर्णय गरेको छ। नेपाल सरकार, प्रदेश, स्थानीय तह, अर्धसरकारी तथा सरकारी संस्था अन्तर्गत निकायमा कार्यरत कर्मचारीले आचारसंहिता विपरीत काम कारबाही गरेको अवस्थामा सो को जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति लगायत सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय भएको उहाँको भनाइ छ।आयोगले कुनै पनि कर्मचरीले राजनीतिक दल वा उम्मेदवारको पक्ष, विपक्षमा प्रचारप्रसार वा संलग्न हुने, सामाजिक सञ्जालमा मत माग्ने, पोष्ट एवम् शेयर गर्ने लागयतका गतिविधि आचारसंहिता विपरीत भएकोले सचेत गराउदै आएको छ। उपरोक्त निर्णय भए बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिमको कारबी गरी सोको विवरण केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेश गर्न आयोगको सचिवालयलाई निर्देशन दिइएको छ।
ताप्लेजुङका २३ मतदानस्थल ‘अति संवेदनशील’
चन्द्र पन्दाकताप्लेजुङ, असोज २७ गते। जिल्ला सुरक्षा समिति ताप्लेजुङले जिल्लाका २३ मतदानस्थललाई ‘अति सम्वेदनशील’ सूचीमा राखेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएकामध्ये २३ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति सम्वेदनशील सूचीमा राखेको हो। जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार ७५ मतदानस्थलमध्ये २३ वटा मतदानस्थललाई अति सम्वेदनशील सूचीमा राखिएको हो। समितिले सामान्य अवस्थाको भनेर २९ मतदानस्थललाई औंल्याएको छ।यसअघि वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा ७३ वटा मतदानस्थल कायम थिए। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भने फुङ्लिङ नगरपालिका-९ हाङ्देवको शिव आधारभूत विद्यालय र मिक्वाखोला गाउँपालिका-५ पापुङस्थित सिम्बुक आधारभूत विद्यालयमा गरी दुई वटा मतदान स्थल थप भएका छन्। नयाँ भएका मतदानस्थल पनि सम्वेदनशीतलाको दृष्टिकोणले सामान्य अवस्थाको भएको सुरक्षा समितिले जनाएको छ।समितिका अनुसार विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सुरक्षा सम्वेदनशीलता लगायतका अवस्थालाई विश्लेषण गरी मतदानस्थलको वर्गीकरण गरिएको हो। विगतको निर्वाचनसँगै भविष्यमा हुनसक्ने गतिविधि समेतलाई आधार मानी मतदानस्थलको वर्गीकरण गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो।