काठमाडौं, असोज २८ गते । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले शुक्रबारदेखि टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो । आज आयोगको हलमा कल सेन्टर र निर्वाचन इ–बुलेटिनको उद्घाटन गरिएको छ ।
टोल फ्री नम्बरमार्फत जो कोहीले निर्वाचन सम्बन्धी प्रश्न सोध्ने र जिज्ञासा राख्न सक्ने आयोगले जनाएको छ ।