विकास र समृद्विका लागि राजनीतिक स्थायीत्व आवश्यक छ : ईश्वर पोखरेल
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले आर्थिक विकास र समृद्विका लागि देशमा राजनीतिक स्थायीत्व आवश्यक रहेको बताउनुभएको छ।
डडेलधुरामा सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति गठन
सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादीले संयुक्त रुपमा निर्वाचन परिचालन मूल समिति गठन गरेका छन्।
सुनसरी–३ मा तेस्रो पटक गच्छदार र चौधरी आमनेसामने
सुनसरी क्षेत्र नम्बर ३ मा दुई नेता बीच तेस्रो पटक प्रतिस्पर्धा हुनेभएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनमा उहाँहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।
बागी उम्मेदवारी फिर्ता गर्न सत्ता गठबन्धनको निर्देशन
सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी गैरकानुनी
डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ ।
चुनावी प्रचार प्रसारमा संलग्न शिक्षक र सरकारी कर्मचारीलाई कारबाही
निर्वाचन आयोगले सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ ।
गठबन्धनलाई सहयोग गर्न वरिष्ठ नेता पौडेलको आग्रह
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कार्यान्वयनमा ल्याउन आग्रह गर्नु भएको छ ।
ओखलढुङ्गामा खतिवडा र सुनुवारबीच प्रतिस्पर्धा हुने
ओखलढुङ्गामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका रामहरि खतिवडा र नेकपा (एमाले) को तर्फबाट यज्ञराज सुनुवारले उम्मेदवारी दिनुभएपछि दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
इलाममा छ सिटका लागि ५४ जनाको उम्मेदवारी
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा इलाममा छ सिटका लागि ५४ जनाको उम्मेदवारी परेको छ।
गुल्मीमा उम्मेदवारविरुद्ध उजुरी परेन
गुल्मीमा आइतबार मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवार विरुद्ध उजुरी परेको छैन । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार दिउँसो तीन बजेसम्म उम्मेदवारविरुद्ध दाबी र विरोध गर्ने समय रहेको थियो ।
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन्। मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ।
गठबन्धनलाई बहुमत दिन गृहमन्त्री खाणको आग्रह
गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गर्नुभएको छ।
प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएको तथ्याङ्क निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
सुदूरपश्चिममा प्रधानमन्त्री देउवासहित तीन मन्त्रीको उम्मेदवारी
सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट सङ्घीय सरकारका प्रधानमन्त्रीसहित तीन जना मन्त्रीले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन मन्त्री प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
एकाघरका बाबुछोराबीच नै चुनावी प्रतिस्पर्धा
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूर्वी नवलपरासीमा एकै घरका दुईजनाले उम्मेद्वारी दिनुभएको छ । नेकपा एमालेबाट रोशनबहादुर गाहा (थापा) र छोरा इश्वरजङ्ग थापामगरले स्वतन्त्र रुपमा नवलपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा उम्मेद्वारी दिनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले बताउनुभयो ।
कलाकारमा निर्वाचन मोह, देश विकास गर्ने प्रतिबद्धता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गत आइतबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचनरुपी महाकुम्भ मेलामा भाग लिन कलाकारमा पनि होडबाजी देखियो । निर्वाचन आकर्षणले कलाकारलाई अछुतो राखेन । त्यही भएर कलाकारले पनि उम्मेदवारी दर्ता गराउनुभयो ।
नवलपुरमा एउटै वडाबाट नौ जनाकाे मनाेनयन
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुरको एकै वडाबाट नौ जनाले उम्मेदवारी दिएका छन् । कावासोती नगरपालिकाको वडा नं. ८ बाट मात्रै नौ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
बाँकेबाट सङ्घ र प्रदेशमा तीन मन्त्रीसहित ९९ काे मनाेनयन
मङ्सिर ४ गते हुने निर्वाचनका लागि बाँके जिल्लाबाट तीन मन्त्रीसहित ९९ जनाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दर्ता गराउनेहरुमा दुई जना सङ्घीय मन्त्री र एक जना प्रदेश सरकारका मन्त्री हुनुहुन्छ भने दुई जना महामन्त्री र सहमहामन्त्री हुनुहुन्छ ।
आज प्रत्यक्षका उम्मेदवारीहरुको नामावली प्रकाशन
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ ।
महोत्तरीमा आठ प्रतिशत महिला उम्मेदवार
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरीबाट ८ प्रतिशत महिलाले उम्मेदवारी दर्ता गराएका छन् । महिलाहरूको नैराश्यपूर्ण सहभागिताले अनेकन् प्रश्न खडा गरेको भन्दै महिलाहरूले राजनीतिकदलहरुसँग आपत्ति जनाएका छन् ।
महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ
राज्यका सबै निकायमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने माग गरिँदै आए पनि यस पटकको निर्वाचनमा समेत दलहरूले महिलालाई पत्याएनन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिला नेतृत्वप्रतिको दलहरूको अविश्वास, तालमेल र गठबन्धनका नाममा महिलालाई उम्मेदवार हुनबाट वञ्चित तुल्याइएको छ ।
भक्तपुरमा स्वतन्त्र उम्मेदवार बढी
आसन्न निर्वाचनका लागि भक्तपुरमा राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या दोब्बर रहेको छ। भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेशमा सभा गरी १९ वटा राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ भने स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या ३८ रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ।
सामाजिक सञ्जालको विज्ञापनप्रति आयोगको ध्यानाकर्षण
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले सामाजिक सञ्जाल समेतको प्रयोग गरी प्रचारप्रसार एवं विज्ञापन गरेकोमा आयोगको ध्यानाकर्षण भएको छ ।
उम्मेदवारको उजुरी छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानविन गर्ने जनाएको छ ।