• १२ मंसिर २०८१, बुधबार

बागी उम्मेदवारी फिर्ता गर्न सत्ता गठबन्धनको निर्देशन

blog

सत्ता गठबन्धनको बैठक । फाइल तस्बिर

काठमाडौं, असोज २५ गते । सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ।   

गठबन्धनका शीर्ष नेताको आज बसेको बैठकले यही असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले निष्कासन गर्ने निर्णय गरेको हो।

बैठकपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उक्त विषय उल्लेख छ।