• ११ मंसिर २०८१, मङ्गलबार

गुल्मीमा उम्मेदवारविरुद्ध उजुरी परेन

blog

जिल्ला निर्वाचन कार्यालय गुल्मी ।

रमेश विश्वकमा

गुल्मी, असोज २५ गते । गुल्मीमा आइतबार मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवार विरुद्ध उजुरी परेको छैन । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार दिउँसो तीन बजेसम्म उम्मेदवारविरुद्ध दाबी र विरोध गर्ने समय रहेको थियो ।

तर, कुनै पनि उम्मेदवारको विरोधमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिनुभयो । आगामी मङ्सिर ४ गते  हुने प्रतिनिधि एवम् प्रदेश सभा निर्वाचनका लागि गुल्मीमा कुल ६६ जनाको उम्मेदवारी परेको छ । 

जसमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ११ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा १३ जनाको उम्मेदवारी परेको छ । 

त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा ११, (ख) मा १२ र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को (क) मा १० (ख) मा नौ जनाको उम्मेदवार परेको निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचन कार्यतालिकाअनुसार असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २६ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।