• १३ साउन २०८१, आइतबार

नवलपुरमा एउटै वडाबाट नौ जनाकाे मनाेनयन

blog

मीना कँडेल

कावासोती, असोज २५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुरको एकै वडाबाट नौ जनाले उम्मेदवारी दिएका छन् ।कावासोती नगरपालिकाको वडा नं. ८ बाट मात्रै नौ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि नवलपुरको क्षेत्र नं. १ बाट सूर्यप्रसाद सापकोटा र बिन्दु भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै, रुक्मागत चापागाइँले नेपाली पार्टीबाट उम्मेद्वारी दिनुभएको छ ।

त्यसैगरी, सोही वडाका तिलबहादुर महत क्षेत्रीले निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेद्वारी दिनुभएको छ ।

क्षेत्र नं. १ को ख बाट प्रदेशसभा सदस्यका लागि खिमबहादुर सुनार नेपाली पार्टीबाट, गणेशप्रसाद पोख्रेल नेपाली कांग्रेस (बीपी)बाट, छविलाल मगर जनता समाजवादी पार्टी नेपालबाट, शिवकुमार बुढा राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेद्वारी दिनुभएको छ ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट डा. गोपाल खनालले क्षेत्र नं. २ ख को प्रदेशसभा सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ ।