• १२ साउन २०८१, शनिबार

कलाकारमा निर्वाचन मोह, देश विकास गर्ने प्रतिबद्धता

blog

काठमाडौं, असोज २५ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गत आइतबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचनरुपी महाकुम्भ मेलामा भाग लिन कलाकारमा पनि होडबाजी देखियो । निर्वाचन आकर्षणले कलाकारलाई अछुतो राखेन । त्यही भएर कलाकारले पनि उम्मेदवारी दर्ता गराउनुभयो ।   

नायिका रेखा थापाले मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले राप्रपा पार्टीबाट निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । 

गायिका कोमल वलीले पनि दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले नेकपा (एमाले) पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । कलाकारले पनि देश बनाउने महा अभियानमा भाग लिएर सहयोग गर्नुपर्ने भनाइ उहाँको छ ।  

जनताको मन र विश्वास जित्दै उहाँहरुको सपना र योजना सबैको सहभागिता विकासको प्रतिबद्धता नै मेरो उद्देश्य हो, श्रेष्ठले भन्नुभयो ।

यस्तै, निर्देशक मनोज पण्डितले काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ६ बाट गायक सञ्जय श्रेष्ठले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, कलाकार मधुसूदन पाठक ‘सिते बा’ ले पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।  

कमेडियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको छ । कलाकार तथा निर्माता रोज राणाले पनि प्युठान १ ‘ख’ बाट प्रदेश सभातर्फ उम्मेदवारी दिनुभएको छ ।  

“देशलाई हामीजस्ता पढेलेखेका युवाको खाँचो छ । अब देश बनाउन को आउँछ भनेर हामी प्रतीक्षा गर्न सक्दैनौं । त्यसैले हामी युवा नै अघि सरेका हौं”, उहाँले भन्नुभयो । शिक्षा, स्वास्थ्यको विकास र बेरोजगारी समस्या हटाउने आफ्नो प्राथमिकता रहने उहाँले बताउनुभयो । निर्वाचित भएमा धादिङमै भएका औद्यौगिक क्षेत्र धेरै छन् त्यसैलाई प्रयोगमा ल्याएर बेरोजगारीको समस्या हटाउन पहल लिन्छु उहाँले भन्नुभयो । 

कलाकार तथा वितरक करण श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ को बागमती प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ ।  

“मेरो लागि राजनीति भनेको समाजसेवा हो । जनताको मन र विश्वास जित्दै उहाँहरुको सपना र योजना सबैको सहभागिता विकासको प्रतिबद्धता नै मेरो उद्देश्य हो” श्रेष्ठले भन्नुभयो । यसबाहेक चलचित्र क्षेत्रलाई व्यवस्थित बनाउने र विकासका कामलाई समेटेर अगाडि बढ्ने उहाँको भनाइ छ ।  

नायिका रेखा थापाले आफू राजनीतिमा आउनु समयको माग रहेको बताउनुभयो । देशको विकास, बालबालिकाको सुरक्षा र महिलाको हिम्मत बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । 

महिलाले जसरी राम्रोसँग घर र समाज चलाउन सक्छ त्यसरी नै देश पनि चलाउन सक्ने हिम्मत राख्छ ।

“२० औं वर्षदेखि आफूले चाहेको जनप्रतिनिधि नपाएको र पहिलो पल्ट महिला जनप्रतिनिधि पाएर सबैजना खुशी हुनुहुन्छ,” उहाँले भन्नुभयो, “महिलाले जसरी राम्रोसँग घर र समाज चलाउन सक्छ त्यसरी नै देश पनि चलाउन सक्ने हिम्मत राख्छ ।” पुरुषको तुलनामा महिलाहरुले मातृत्वबाेध गर्ने गरेको उहाँको भनाइ छ । 

पछिल्लो समय राजनीतिमा धेरै कलाकार आकर्षित भएको देखिन्छ । नायिका करिश्मा मानन्धर पनि नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । यस निर्वाचनमा उम्मेदवार आकांक्षी मानन्धरले भने टिकट पाउनुभएको छैन । टिकट नपाउँदा उहाँले आफू निराश भएको प्रतिक्रिया दिनुभएको छ ।