• १३ साउन २०८१, आइतबार

एकाघरका बाबुछोराबीच नै चुनावी प्रतिस्पर्धा

blog

मीना कँडेल

कावासोती,  असोज २५ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूर्वी नवलपरासीमा एकै घरका दुईजनाले उम्मेद्वारी दिनुभएको छ ।

नेकपा एमालेबाट रोशनबहादुर गाहा (थापा) र छोरा श्वरजङ्ग थापामगरले  स्वतन्त्र रुपमा नवलपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा उम्मेद्वारी दिनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले बताउनुभयो । 

कावासोती – २ स्थायी घर भएका रोशनबहादुर गाहा (थापा) यसअघि संविधान जारी भएपछिको २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं १ प्रदेशसभा (ख) बाट निर्वाचित हुनुभएको थियो । 

दोस्रो पटक पनि उहाँले नेकपा एमालेबाट सोही क्षेत्रबाट उम्मेद्वारी दिनुभएको छ । नवलपुर जिल्लाको पर्यटन, कृषिमा जोड दिँदै आफ्नो कार्यकालमा थालनी गरेर अधुरा भएका  विकास निर्माणका काम दोस्रो पटक विजयी भएर पूरा गर्नका लागि उम्मेद्वारी दिएको बताउनुहुन्छ ।

त्यस्तै, बुबाको र आफ्नो राजनीतिक आस्था एउटै भएको र भविष्यमा उत्ताराधिकारीको रुपमा उभ्याउन आफूले पनि राजनीतिमा होमिँदै स्वतन्त्र उम्मेद्वार दिएको छोरा श्वरजङ्ग थापामगरले प्रतिक्रिया दिनुभयो । 

नवलपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।