• १३ असोज २०८१, आइतबार

ललितपुरमा १३ सयभन्दा बढी म्यादी प्रहरी परिचालन हुने

blog

फाइल तस्बिर

ललितपुर, कात्तिक ३ गते । ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ ।
ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिनुभएको हो ।

प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भइरहेको छ । ललितपुरका विभिन्न नौ स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ ।

१० दिनको तालिमपछि उनीहरुलाई आवश्यकता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्यादी प्रहरीहरुमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताउनुभयो ।

सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पुराना म्यादी प्रहरीलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनाेट गर्ने प्रावधान छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।