सन्तोष दहित
दाङ, वैशाख ८ गते । नेपाल रेडक्रस सोसाइटी दाङका पूर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको सोमबार दिउँसो गोली लागी मृत्यु भएको हो ।
आचार्य आफ्नै घरको सुत्ने कोठामा गोली लागेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आचार्यको छातीमा १२ बोरको दुई नाले बन्दुकबाट गोली लागेको अवस्थामा शव फेला परेको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट मृतकले आफैले गोली हानेको हुन सक्ने प्रहरीको आशंका छ । तर घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल सिहं ठकुरीले जानकारी दिनुभयो ।
कोठामा गोली लागेको अबस्थामा भेटिएपछि परिवारका सदस्यले सोमबार अपरान्ह ४ बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरीकाअनुसार बन्दुक वैध हो वा अवैध भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।