• २० असोज २०८१, आइतबार

राजु गुरुङको रिट रेग्मी र खतिवडाको संयुक्त इजलासमा

blog

काठमाडौं, कात्तिक ४ गते । सर्वोच्च अदालतमा रुपन्देही–२ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको राजु गुरुङको रिटमा सुनुवाइ जारी रहेको छ  । शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा उम्मेदवार गुरुङले दायर गर्नुभएको रिटमा सुनुवाइ भइरहेको हो ।

बैङ्किङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेपछि उहाँले असोज २७ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यसअघि असोज ३० गते रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यस्तै, कात्तिक २ गते न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासले उम्मेदवार गुरुङको रिट हेर्न नभ्याइने सूचना राखेको थियो । उक्त रिटका लागि आज पेसी तोकिएको हो ।