• १९ असोज २०८१, शनिबार

कांग्रेस निर्वाचन प्रचार-प्रसारको विभिन्न उपसमिति गठन

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक १ गते। सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचन प्रचार-प्रसार कार्यसम्पादनको पहिलो बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ।

समितिका संयोजक प्रवक्ता डा. प्रकाशशरण महतको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने उपसमिति गठन गर्ने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला संयोजक रहनेगरी टेलिभिजन समन्वय तथा प्रचार उपसमिति, उमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन युवा प्रचार नेटवर्क, जीत्जंग बस्नेतको संयोजकत्वमा जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार-प्रसार उपसमिति गठन गर्ने निर्णय गरिएको छ।

यसैगरी, सूचना सङ्कलन तथा अनुगमन उपसमितिका संयोजक नैनसिंह महर, सामाजिक सञ्जाल प्रसार-प्रसार उपसमितिका संयोजक, राजीव ढुङ्गाना, रेडियो एफएम समन्वय तथा प्रचार-प्रसार उपसमितिको संयोजक गंगालक्ष्मी अवाल, सांस्कृतिक समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक विद्या तिमिल्सिना, प्रवास मिडिया समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक उर्मिला थपलिया, अनलाइन मिडिया समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक किरण गिरी, प्रवास समन्वय प्रचार-प्रसार उपसमितिका संयोजक किरणराज शर्मा, छापा माध्यम समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक रमेशप्रसाद धमला, निर्वाचन विषयवस्तु उत्पादन उपसमितिका संयोजक डा। प्रभु बुढाथोकी, खेलकुद क्षेत्र समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक कर्माछिरिङ्ग शेर्पा मनोनीत हुनुभएको छ।