• १९ असोज २०८१, शनिबार

राजु गुरुङको मुद्दा न्यायाधीशद्वय कुमार र सुष्मालताको संयुक्त इजलासमा

blog

रुपन्देही–२ सत्ता गठनबन्धनका साझा उम्मेदवार राजु गुरुङ । फाइल तस्बिर

काठमाडौं, कात्तिक २ गते । रुपन्देही–२ सत्ता गठनबन्धनका साझा उम्मेदवार राजु गुरुङको रिटमा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा साझा उम्मेदवार गुरुङको रिटमा सुनुवाइ हुन लागेको हो ।

बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेपछि उहाँले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा दुबै पक्षलाई बोलाइएको छ ।