• ७ जेठ २०८१, सोमबार

प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट सुरु

blog

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड । फाइल तस्बिर

काठमाडौं, असोज २७ गते । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आज (बिहीबार) बाट सुरु गरेको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गर्ने बताउनुभएको हो । उहाँले समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट सुरु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मतपत्र छपाई गर्ने कार्यक्रम निरन्तर जारी छ, प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै सुरु हुन्छ ।’’

यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी चार सय ९५ प्रकारका मतपत्र हुने जनाएको छ ।

मतपत्र छपाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाई गरिरहेको छ । मतपत्र छपाईमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।