• १६ चैत २०८०, शुक्रबार

निर्वाचन आयोगले स्मरण गरायो उम्मेदवारले गर्नुपर्ने स्वघोषणा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २१ गते । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हुने उम्मेदवारको स्वघोषणाबारे जानकारी गराएको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।

निर्वाचनमा उम्मेदवार हुने व्यक्ति नेपालको संविधानप्रति पूर्ण निष्ठावान हुनुपर्ने, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने स्मरण आयोगले गराएको छ । आयोगले आगामी २३ गते आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि सार्वजनिक गरिसकेको छ । 

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ