• २७ फागुन २०८१, मङ्गलबार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा मनोनयन दर्ता

blog

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता । तस्बिर : रासस

काठमाडौं, असोज २३ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको हो ।

त्यस्तै, एमालेको तर्फबाट प्रदेश सदस्यका लागि नारायण सिलवाल र दीपक निरौला मनोनयन दर्ता गराउनुभएको छ ।