• ११ मंसिर २०८१, मङ्गलबार

बन्दसूची पेस गर्ने बागमती प्रदेशमा धेरै

blog

काठमाडौँ, असोज ४ गते । काठमाडौं, असोज ४ गते । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिक निर्वाचनतर्फको बन्दसुची पेश गरेको छ । यीमध्ये सबैभन्दा धेरै ४० वटा दल बागमती प्रदेशमा  छन् । 

नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल,  राष्ट्रिय वाम मोर्चा, बहु जन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, एकीकृत शक्ति नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल मार्क्सवादी (पुष्पलाल), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत), समाजवादी, नेकपा एमाले, राष्ट्रिय जनमुक्ति पार्टी, मौलिक जरो किलो पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, नेकपा परिवर्तन, नागरिक उन्मुक्ति पार्टी, नेकपा माले, नेत्रालिष्ट पिपुल्स पार्टी, नेपाली काँग्रेस (बी.पी.)   विवेकशील साझा पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), पुनर्जागरण पार्टी , नेपाल पिछडा वर्ग निषाद दलित जनजाति पार्टी, नेपाल जनता पार्टी छन् ।

त्यसै गरी नेपाल आमा पार्टी नेपाल नौलो जनवादी पार्टी सचेत नेपाली पार्टी नेपाल सुशासन पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, नेकपा (मानोवादी केन्द्र), जसपा नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, नेपाली जनता दल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (माओवादी समाजवादी), नेपाल लोकतान्त्रिक पार्टी, हाम्रो नेपाली पार्टी, जनजागरण पार्टी नेपाल, सामाजिक एकता पार्टी नेकपा समाजवादी नेपाल दलित पार्टी, जन समाजवादी पार्टी नेपाल, बहु जन शक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेस छन् । 

त्यसै गरी प्रदेशगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा ४० राजनितीकदलले समानुपातिक निर्वाचनतर्फको बन्दसुची पेस गरेका छन् । अन्य प्रदेशमा पेस भएको बन्दसूची यस्तो रहेको छ ।