• १८ असार २०८१, मङ्गलबार

नगरप्रमुख तथा उपप्रमुखबाट पदभार ग्रहण

blog

भक्तिविलास पोखरेल 

गाईघाट, जेठ १८ गते । उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्बाचित नगर प्रमुख वसन्तकुमार वस्नेत तथा उपप्रमुख महेश्वरी राईले बुधवार पदभार ग्रहण गर्नुभएको छ । नवनिर्बाचित नगर प्रमुख वस्नेतले उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालबाट पद तथा गोपनियताको सफथ लिएपछि नगरपालिकामा गएर पद वहाली गर्नुभएको हो ।

पालिकामा नगर प्रमुखको पदभार ग्रहणसँगै सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य विमा अनुदान सहयोगसम्वन्धी दुईवटा महत्वपूर्ण निर्णय सदर गर्नुभयो । ज्येष्ठ नागरिक, बृद्धबृद्धा तथा अपाङ्गता भएका ब्यक्तिका लागि संघीय सरकारमार्पmत प्रदान गरिने भत्ता हाल सदरमुकाम गाईघाटका विभिन्न बैंकमार्फत वितरण हँुदैआएको छ । 

यस्तो प्रावधानले उल्लेखित ब्यक्तिलाई बैंकसम्म आएर भत्ता बुभ्mन शारीरिक रुपमा सास्ति हुनेगरेको उहाँले बताउनुभयो । ब्यापक गुनासो रहेकाले २०७९ साउन १ गतेबाट बैंकहरुको समन्वयमा  सम्बन्धित वडा कार्यालयबाटै पाउनेगरी आवश्यक ब्यावस्था गर्ने निर्णय गरिएको नगर प्रमुख वस्नेतले बताउनुभयो ।

त्यसैगरी नेपाल सरकारले अति विपन्न र सिमान्तकृत समुदायका लागि सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत बुझाउनु पर्ने बिमाङ्क रकमसमेत तिर्न नसकेर त्यस किसिमका परिवार तथा ब्यक्तिहरु स्वास्थ्य उपचार गर्न नपाइरहेको अवस्था भएको उहाँले बताउनुभयो । साउन १ गतेबाट त्यस्ता परिवारहरुको लागि बिमाङ्क रकमको ५० प्रतिशत हुने शुल्क नगरपालिकाले तिरिदिने निर्णय गरिएको नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो । 

नगर प्रमुख बस्नेतले नवनिर्वाचित उपप्रमुख महेश्वरी राईलगायत त्रियुगा नगरपालिकाका १६ वटै वडाका वडा अध्यक्ष तथा निर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । नव निर्वाचित उपप्रमुख महेश्वरी राईले बुधवार पदभार ग्रहण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले जानकारी दिनुभयो ।