• १२ असोज २०८१, शनिबार

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलको पाँच प्रतिबद्धता

blog

राजन रावत

हुुम्ला, जेठ १४ गते । खार्पुनाथ गाउँपालिकामा दोस्रो पटक निर्वाचित भएपछि अध्यक्ष कर्णबहादुर रावलले आफ्नो कार्यकालमा गरिने पाँच वटा प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकाल सिक्दै गएको कारण यो कार्यकालमा गरिने प्रतिबद्धता सार्वजनिक गरेको उहाँले बताउनुभयो । 

उहाँले कार्यभार सम्हालेलगत्तै सार्वजनिक गर्नुभएका आगामी पाँच वर्षसम्म गरिने प्रतिबद्धतामा पाँच वटै वडाहरुमा सडक सञ्जाल जोड्ने, प्रत्येक वडाहरुमा विधुत उपलब्ध गराउने, एक घर एक रोजगारको व्यबस्था गर्ने, दिगो भौतिक संरचनाको बिकास गर्ने र शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिई दिगो बिकास गर्ने रहेका छन् ।

प्रतिबद्धता पूरा गर्न उहाँले अहिल्यैबाट योजना तर्जुमा गरेर लाग्ने तयारीमा रहेको बताउनुुभयो । गाउँपालिकामा सीमित साधन स्रोत भएका कारण पनि उहाँले त्यसकालागि प्रदेश, सङ्घीय सरकार र अन्य गैरसरकारी निकायसँगको समन्वयमा काम अगाडि बढाउने बताउनुुभयो । पाँच वटा वडा रहेको खार्पुनाथमा हालसम्म कुनै पनि वडामा सडक सञ्जाल जोडिएको छैन् ।