• १३ असोज २०८१, आइतबार

समन्वय समिति प्रमुखमा गठबन्धनबाट खगेन्द्रसिंह धामी

blog

गठबन्धनबाट समन्य प्रमुखका उम्मेदवार खगेन्द्रसिंह धामी । तस्बिर : गोकर्ण दयाल

गोरखापत्र समाचारदाता

बैतडी, जेठ २० गते । जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गरेर कांग्रेसका खगेन्द्रसिंह धामीलाई प्रुमख बनाउने सहमति भएको छ । बिहीबार बसेको दुवै दलको बैठकले जिल्ला समन्वय समितिको नेतृत्वका लागि गठबन्धन गरेर जाने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले प्रमुख पद सहित दुई जना महिला सदस्य, दुई जना खुला सदस्य र एक जना दलित सदस्य लिने सहमति भएको छ भने माओवादी केन्द्रले उपप्रमुख पदसहित एक जना महिला सदस्य र एकजना खुला सदस्य लिने सहमति भएको छ । 

जिल्ला समन्वय समितिको निर्वाचनका लागि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएसँगै दुई दलको बहुमत पुग्ने देखिएको छ । समन्वय समितिका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता गर्ने प्रावधान  छ । स्थानीय तहको प्रमुख/उपप्रमुखमा नेपाली कांग्रेसका नौ र माओवादी केन्द्रकाका दुई जना गरेर गठबन्धनसंग ११ मतदाता रहेका छन् । 

नेकपा एमालेसँग स्थानीय तहको उप्रमुख/उपप्रमुख ८ जना र एकजना स्वतन्त्र मतदाता रहेका छन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विहीबार अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

शनिबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । यस्तै जेठ २२ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने र जेठ २४ गते बिहान ७ः०० बजेदेखि ९ः०० बजे सम्म मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।