• १६ वैशाख २०८१, आइतबार

समृद्ध कर्जन्हा बनाउन सबैसँग सहकार्य गर्न तयार : नगरप्रमुख पोखरेल

blog

जीबछ यादव
लहान, जेठ १७ गते ।
कर्जन्हा नगरपालिका प्रमुख भोलाप्रसाद पोखरेलले सुखी र समृद्ध कर्जन्हा नगरपालिका निर्माणको लागि सबै दलसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।

पूर्व जनप्रतिनिधिहरुलाई बिदाई र नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शपथ तथा कार्यभार ग्रहणको लागि खुल्ला सभाको आयोजना गरी यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

‘‘चुनाव नेकपा एमालेको उम्मेदबार भएर उम्मेदबारी दिएको थिएँ, निर्वाचित भएर सबैको भएँ । आपसी विवाद र खिचातानीले नगरको विकास सम्भव नभएकोले हातेमालो गरौं र नगरको विकासमा लागौं,’’उहाँले सबैमा आग्रह गर्नुभयो ।

पहिलो द लबनेको एमाले र दोस्रो दल रहेको जनता समाजवादी पार्टी मिलेर दुई तिहाइ को सङ्ख्या भएपनि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनमत पार्टीले समेत सहयोग साथ दिनुपर्ने नगरप्रमुख पोखरेलले धरणा राख्नुभयो ।

चुनावमा हामी प्रतिस्पर्धामा थियौं, अब एकता र सहकार्य गरौं उहाँले भन्दै सबैको सहयोग र साथ पाइरहे पाँच वर्षमा प्रदेशकै सुखी र समृद्ध नगरपालिका बनाउन सक्ने दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व नगरप्रमुख गंगा पासवानले आफूले पाँच वर्षमा गरेको अनुभव सटासाट गरेर नगर समृद्ध बनाउने अभियानमा साथ दिइने विश्वास दिलाउनुभयो ।

सार्वजानिक कार्यक्रम गरेर नवनिर्वाचित नगरप्रमुख भोला पोखरेल र उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले सहयोगको लागि गर्नुभएको आग्रह सकारात्मक कार्य रहेकोले हाम्रो साथ रहने नेपाली कांग्रेसका नगर सभापति मान बहादुर पाण्डे, जनता समाजवादी पार्टीका केशवप्रसाद साह, नेकपा माओवादी केन्द्रका राम चन्द्र साह, नेकपा एकीकृत समाजवादीका प्रभात महतो र जनमत पार्टीका डा. अशोक साहले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जसपा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. विरेन्द्र महतो, नेकपा एमाले प्रदेश कमिटीका पवन महतोलगायतका नेताहरुले कर्जन्हा नगरपालिकामा कुनै विवाद हुन् नदिई विकास र समृद्धिको लागि सहज वातावरण बनाउन पहल गर्न भूमिका खेल्ने प्रतिबता व्यक्त गर्नुभयो ।