काठमाडौं, जेठ १६ गते । काठमाडौं महानगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम भएको छ । यसरी सहभागी हुनेमा महानगरका एक सय ६० जनप्रतिनिधि छन् ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा महानगर प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनीता डङ्गोललगायतका जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराउनुभएको हो ।
काठमाडौं महानगरपालिकाअन्तर्गत ३२ वडामध्ये महानगरपालिका– १ को वडाअध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ, २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठ, ३ मा एमालेका प्रेम थापा, ४ मा एमालेका दिनेश महर्जन, ५ मा एमालेका वीरेन्द्र प्रजापति, ६ मा कांग्रेसका भुवन लामा, ७ मा कांग्रेसका विमलकुमार होडा, ८ मा कांग्रेसका आशामान संगत, ९ मा कांग्रेसका रामजी भण्डारी, १० मा कांग्रेसका रामकुमार केसी, ११ मा कांग्रेसका हीरालाल तण्डुकार, १२ मा कांग्रेसका बालकृष्ण महर्जन, १३ मा एमालेका धु्वनारायण मानन्धर, १४ मा कांग्रेसका सुमन श्रेष्ठ विजयी हुनुभएको थियो ।
यसैगरी, वडा नं. १५ मा नेकपा (एकीकृत समाजवादी) का ईश्वरमान डङ्गोल, १६ मा कांग्रेसका मुकुन्द रिजाल, १७ मा कांग्रेसका नवीन मानन्धर, १८ मा एमालेका न्हुछेकाजी महर्जन, १९ मा कांग्रेसका राजेशकुमार श्रेष्ठ, २० मा कांग्रेसका राजेन्द्र मानन्धर, २१ मा एमालेका उदय चूडामणि बज्राचार्य, २२ मा एमालेका चिनीकाजी महर्जन, २३ मा एमालेका मचाराजा महर्जन, २४ मा कांग्रेसका विनोदकुमार राजभण्डारी, २५ मा कांग्रेसका राजेश डङ्गोल, २६ मा कांग्रेसका खेमराज तिवारी, २७ मा कांग्रेसका योगेश कुमार खड्गी, २८ मा कांग्रेसका भाइराम खड्गी प्रकाश, २९ मा कांग्रेसका कुश ढकाल, ३० मा कांग्रेसका दलबहादुर कार्की, ३१ मा एमालेका सरोज ढकाल र ३२ मा एमालेका नवराज पराजुली सोमबारको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुभएको छ ।
महानगरको १९ वटा वडामा कांग्रेस र १२ वटा वडामा एमाले उम्मेदवार विजयी हुनुभएको छ । एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए भने वडा नं. २४ र २५ को दलित महिला सदस्यमा उम्मेदवारी नै परेको थिएन ।
 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                