१० जेठ २०७९, मङ्गलबार
                                            
                                        
                                        
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        
                                            
                                            १० जेठ २०७९, मङ्गलबार 
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                दमक, जेठ १० गते । झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेका उम्मेद्वारहरु विजयी हुनु भएको छ ।
मंगलवार बिहान ४ बजे सम्पन्न मतगणना अनुसार एमालेका नगरप्रमुखका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरेर विजयी बन्नु भएको हो । निकटतम प्रतिस्पर्धि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी एमालेबाट उपप्रमुखकी उम्मेद्वार बन्नु भएकी मिना पोखरेल उप्रेती २१ हजार ५९० मत ल्याएर निर्वाचित बन्नु भएको छ । निकटतम प्रतिस्पर्धि गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ मत ल्याउनु भएको छ ।
                                        विष्णुप्रसाद पोखरेल