नुवाकोटका १७ उम्मेदवार जसले आफ्नै मत पाएनन्
स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । वैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
७१४ पालिकाको नतिजा सार्वजनिक : ३१४ तहमा कांग्रेस विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७१४ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३१४ पालिका जितेको छ भने नेकपा एमालेले १९२ पालिका जितेको छ।
धरानमा इतिहास रच्दै स्वतन्त्र उम्मेदवार साम्पाङ्ग विजयी
धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी हुनुभएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालले विजयी भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सजरुद्धिन मुसलमानले एमाले उम्मेदवार रमाउती यादवलाई पराजित गर्नुभएको हो।
काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनीताको अग्रता फराकिलो
काठमाडौं महानगरपालिका प्रमुखमा “लौरो” निर्वाचन चिह्न रहेका स्वतन्त्र उममेदवार बालेन शाह फराकिलो मतसहित निरन्तर अग्रस्थानमा हुनुहुन्छ। आइतबार दिउँसो ४:३० सम्म एक लाख दस हजार ८६० मतगणना भइसक्दा बालेनले ४० हजार ५१ मत प्राप्त गर्नुभएको छ।
वीरगञ्ज महानगर : गठबन्धनका प्रमुख र उपप्रमुखको अग्रता कायमै
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुखमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेमान सिंहले निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिनुभएको छ।
काठमाडौं महानगर- ३१ मा एमालेका ढकाल विजयी
काठमाडौं महानगरपालिका-३१ को वडाअध्यक्षमा नेकपा (एमाले)का सरोज ढकाल विजयी हुनुभएको छ। उहाँले चार हजार ७६७ मत प्राप्त गर्नुभएको हो।
काठमाडौं महानगरपालिका-२४ मा काँग्रेसका राजभण्डारी विजयी
काठमाडौं महानगरपालिका-२४ को वडाअध्यक्षमा नेपाली काँग्रेसका विनोदकुमार राजभण्डारी विजयी हुनुभएको छ। उहाँले एक हजार १३२ मत प्राप्त गर्नुभयो।
विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु भएन
स्थानीय तह सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेकाे अवस्थामा ७५३ पालिकामध्ये विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रकृया अझै सुरु हुन सकेको छैन । बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा मतदान चल्दाचल्दै विवाद भएर मतदान प्रकृया नै रोकिएको थियो ।
स्थानीय निर्वाचनमा १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी
देशका सातै प्रदेशका विभिन्न स्थानीय तहको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशगतरुपमा विजयी स्वतन्त्र उम्मेदवारको अवस्था निम्न अनुरुपको छ ।
स्थानीय तह निर्वाचन : ७०१ पालिकामा काँग्रेस ३११, एमाले १८८ र माओवादी केन्द्र १२० मा विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७०१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३११ पालिका जितेको छ भने नेकपा ९एमाले०ले १८८ पालिका जितेको छ। यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २० र अन्य पार्टीले ५३ पालिका जितेका छन्।
कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी बन्यो ठूलो दल
२०७२ को टीकापुर घट्नाको दोषी ठहर भएर जेल जीवन विताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल भएको छ । सो पार्टी चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन भएको हो ।
फेरि मतदान गर्न १३ घण्टा पैदल हिँड्नु नपराेस् : मासपुरवासी
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका लागि मतदान गर्न हुम्लाको मासपुरवासीले १३ घण्टा पैदल हिड्नु पर्ने बाध्यता भयो । गाउँमै मतदान केन्द्र नतोकिदाँ मासपुरबासीले मतदान गर्न सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।
तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता
दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिनुभएको छ । उहाँले हालसम्म १५ हजार ४०५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याउनुभएको छ ।
जलेश्वर नगरपालिका प्रमुखमा जसपा विजयी
जिल्लाको जलेश्वर नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवार विजयी हुनुभएको छ ।
इटहरी उपमहानगरपालिकामा काँग्रेसका हेमकर्ण विजयी
इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा पहिलो पटक नेपाली काँग्रेसका उमेदबार विजयी हुनुभएको छ । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुनुभएको हो ।
जनप्रतिनिधिका नयाँ प्रतिबद्धता
कालीमाटी गाउँपालिका सल्यानमा यस अघि निर्वाचित जनप्रतिनिधिले गाउँमै क्याम्पस सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए । पाँच वर्ष बित्यो तर गाउँमा क्याम्पस स्थापना भएन । उच्च शिक्षाका लागि सल्यान सदरमुकाम वा सुर्खेत जानुपर्ने बाध्यता छ । गाउँपालिकाभित्रका खरका छाना हटाउने घोषणा प
भरतपुर महानगरमा दाहालको सात हजार मतको अग्रता
भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिनुभएको छ । ८९ हजार ५०८ मतगणना गर्दा उहाँले ३५ हजार ९८ मत प्राप्त गर्नुभयो भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गर्नुभएको छ ।
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी हुनु भएको छ ।
वीरगञ्ज महानगरमा गठबन्धनको अग्रता कायमै
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा नेकपा (एमाले)का विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । महानगरपालिकाका ३२ वडा मध्ये विभिन्न १५ वडाका ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन ला
मधेसमा परिणाम आउने क्रम जारी
स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी रहेको छ । मधेस प्रदेशअन्तर्गत अधिकांश स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ । अब केही स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ । ढल्केबर समाचारदाताका अनुसार धनुषाको हं
गठबन्धनको प्रभाव : खुम्च्यायो महिला सहभागिता
स्थानीय तह निर्वाचनमा जिल्लाका सातमध्ये दुईवटा गाउँपालिकामा मात्र महिला उपाध्यक्ष निर्वाचित भएका छन् । गठबन्धनका कारण उपाध्यक्षमा महिलाको उम्मेदवारी दुईवटा गाउँपालिका खुम्चिएको हो ।
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले तीन हजार २६० मतान्तरसहित अग्रता हासिल गर्नुभएको हो ।
सबै प्रदेशमा कांग्रेस पहिलो
स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक हुँदा नेपाली कांग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने भएको छ । शनिबारसम्मको मतगणना परिणामअनुसार कांग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ । मधेस प्रदेशबाहेक अरू सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी स्थानीय तहमा कांग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा भने ३६ प्रतिशत स्थानीय तहमा कांग्रेसले जितेको छ ।