शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ ८ गते। काठमाडौं महानगरपालिका-३१ को वडाअध्यक्षमा नेकपा (एमाले)का सरोज ढकाल विजयी हुनुभएको छ। उहाँले चार हजार ७६७ मत प्राप्त गर्नुभएको हो।
निर्वाचन अधिकृतको कार्यालय अनुसार ढकालका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रवीन्द्रविक्रम राणाले दुई हजार ९९१ मत ल्याउनुभयो।
नेकपा (माओवादी केन्द्र) का राजेश जोशीले ६४६, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद अधिकारीले ५८५ र जनता समाजवादी पार्टीका लालबहादुर बुढाथोकीले २७ मत ल्याउनुभएको छ।
महिला सदस्यमा एमालेकी अप्सरा सन्जेल, दलित महिला सदस्यमा सान्नानी मिजार र सदस्यद्वयमा काँग्रेसका अशोक के.सी. खत्री र एमालेकी हुमादेवी आचार्य निर्वाचित हुनुभएको छ।
गोरखापत्र
Gorkhapatra...