• ५ जेठ २०८१, शनिबार

लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

blog

कबिन्द्र नेपाल
मणिग्राम (रुपन्देही), जेठ ८ गते।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालले विजयी भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सजरुद्धिन मुसलमानले एमाले उम्मेदवार रमाउती यादवलाई पराजित गर्नुभएको हो। 

नगरप्रमुखमा निर्वाचित कांग्रेसका मुलसमानले ९ हजार ५७२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ताले ६ हजार २ मत प्राप्त गर्नुभएको छ। 

उपप्रमुखमा भने एमालेका कल्पना हरिजन निर्वाचित हुनुभएको छ। उहाँले ६ हजार ५९० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सवनम जहाँ शेषले ६ हजार १४५ मत प्राप्त गर्नुभयो।