• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगरपालिका-२४ मा काँग्रेसका राजभण्डारी विजयी

blog

काठमाडौं, जेठ ८ गते। काठमाडौं महानगरपालिका-२४ को वडाअध्यक्षमा नेपाली काँग्रेसका विनोदकुमार राजभण्डारी विजयी हुनुभएको छ। उहाँले एक हजार १३२ मत प्राप्त गर्नुभयो।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार राजभण्डारीको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सुजन विलास बज्राचार्यले ९२४  मत ल्याउनुभयो।

नेकपा (एकीकृत समाजवादी) का बालकृष्ण श्रेष्ठले ६७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविबहादुर शाक्यले २२५ र नेकपा (माओवादी केन्द्र)का राजेन्द्र श्रेष्ठले २५ मत ल्याउनुभयो।

सो वडाको महिला सदस्यमा काँग्रेसका सुनिता महर्जन र सदस्यद्वयमा काँग्रेसका रत्नाकार बज्राचार्य र एमालेका कृष्णमान सिंह निर्वाचित हुनुभएको छ।