निर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहणसँगै प्रमाणपत्र वितरण
सल्यानमा नर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहणसँगै प्रमाणपत्र वितरण गरिएको छ ।
धनकुटाका पालिका प्रमुख तथा अध्यक्ष शपथग्रहण
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट धनकुटामा निर्वाचित प्रमुख तथा अध्यक्षले शपथग्रहण गर्नुभएको छ । जिल्लाका सात स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
तनहुँमा पालिका प्रमुख तथा अध्यक्षहरुले लिए शपथ
तनहुँका आठ पालिकाका जनप्रतिनिधिले शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।
नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षद्वारा पदभार ग्रहण
अविनाश चौधरीधनगढी, जेठ ६ गते । कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष राजसमझ चौधरी र उपाध्यक्ष भगवती चौधरीले पदभार ग्रहण गर्नुभएको हो । वडा अध्यक्षहरुले भने आफ्नो वडामा समय मिलाएर पदभार ग्रहण गर्ने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनुभयो । पदभार ग्रहण गर्नुभन्दा अगाडि गाउँपालिकाका अध्यक्ष चौधरीले उपाध्यक्षसहित वडा अध्यक्ष, सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो । यसैगरी, निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले विजयी भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । कैलारी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) लाई ‘क्लीन स्वीप’ गर्दै नेपाली काङ्ग्रेस विजयी भएको छ । १ देखि ९ सम्मको वडा अध्यक्षहरुमा क्रमशः ध्वज हरिपाल बोहरा, विकास चौधरी, सन्तराम चौधरी, ठगुराम चौधरी, विष्णुप्रसाद चौधरी, प्रेम चौधरी, दीपेन्द्र बम, तारामल कठरिया र खेमराज चौधरी निर्वाचित हुनुभएको छ ।
ईश्वरपुरको नगरप्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
सर्लाहीको ईश्वरपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मनोजकुमार आचार्य विजयी हुनुभएको छ ।
निर्वाचित जनप्रतिनिधिलाई शपथ तथा प्रमाणपत्र
हरिकृष्ण ऐडी मुगु, जेठ ६ गते । जिल्लाका चारवटा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । छायाँनाथ रारा नगरपालिकामा निर्वाचित सबै पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय गमगढीले जनाएको छ । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष , वडा अध्यक्ष , वडा सदश्यलाई प्रमाणपत्र प्रदान गरिएको हो । जिल्लाको समन्वय समितिको हलमा मुख्य निर्वाचन कार्यालयबाट आज दिउँसो कार्यक्रम आयोजना गरी छायाँनाथ रारा नगरपालिकाका प्रमुख लगायत खत्याड गाउँपालिका अध्यक्ष, सोरु गाउँपालिका अध्यक्ष र मुगमकार्मारोङ गाउँपालिकाका निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन कार्यालयका अधिकुत पुण्यप्रसाद सापकोटाले शपथ खुवाउनुभयो ।
हुम्लाका नवनिर्वाचित गाउँपालिकाका अध्यक्षहरुलाई शपथ
राजन रावतहुुम्ला, जेठ ६ गते । सातमध्ये छ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । उहाँहरुलाई मुुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश जगतबहादुुर पौडेलले शपथ खुवाउनुुभयो । मुुख्य निर्वाचन अधिकृत पौडेलले नवनिर्वाचित सातवटा गाउँपालिकाका अध्यक्षमध्ये छ जनाको पद तथा गोपनीयताको शपथ खुवाउने कार्य सम्पन्न भएको बताउनुुभयो । शुक्रबार शपथ लिनुुहुने अध्यक्षमा नाँम्खा गाउँपालिकाका प्रेम लामा, सिमकोट गाउँपालिकाका बिजय भण्डारी, खार्पुनाथका कर्णबहादुुर रावल, सर्केगार्डका ठानबहादुुर रोकाया, अदानचुुलीका मोहनबिक्रम सिंह र ताँजाकोटका लालकेश जैसी रहनुुभएको छ । निर्वाचित अध्यक्षहरुलाई प्रमाणपत्र समेत मुख्य निर्वाचन अधिकृत पौडेलले प्रदान गर्नुभयो । सो कार्य भएपछि औपचारिक रुपमा निर्वाचित अध्यक्षहरुको पदवहाली भएको छ । सो कार्यक्रममा निर्वाचित अध्यक्षहरुको तर्फबाट खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलले अब नयाँ जिम्मेवारी काँधमा आएको र जनताको पक्षमा काम गर्ने प्रतबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, संबिधान सभाका सदस्य रीता शाही, सुुरक्षा निकायका प्रमुख, नाम्खा र खार्पुनाथ गाउँपालिकाका निर्वाचन अधिकृत लगायतको उपस्थिति रहेको थियो । बिहीबार राती मात्र मतगणनाको परिणाम सार्वजनिक भएको चङ्खेली गाउँपालिकाका निर्वाचित अध्यक्ष प्यारीलाल शाही भने मौसम बिग्रेको र हेलिकोप्टरका लागि इन्धन नभएको कारण उडान नभएपछि कार्यक्रममा उपस्थित हुन सक्नुु भएन । उहाँ बिहान हेलिकोप्टरबाट सिमकोट आउने कार्यक्रम थियो । यसैबीच पद तथा गोपनीताको शपथ लिएपछि सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले पनि गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र अन्य सदस्यलाई शपथ खुवाउनुुभयो ।
स्थानीय तहले सरकार पाउन थाले : शपथसँगै पदभार ग्रहण
२०७९ वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको नयाँ कार्य अवधि आज शुक्रबारबाट सुरु भएको छ ।
२०७४ मा पराजित खाँ अहिले विजयी
गोविन्द शर्माबाँके, जेठ ६ गते । बाँकेको जानकी गाउँपालिकामा २०७४ सालको निर्वाचनमा झिनो मतान्तरले पराजित नेपाली काङ्ग्रेसका छब्बन खाँ फराकिलो मतान्तरले अहिले विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खाँ ६ हजार ६५३ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । खाँका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का हिमांशु यादवले ४ हजार ७९७ मत प्राप्त गर्नुभयो । जनता समाजवादी पार्टीका राजिवकुमार कुर्मीले दुई हजार ९३८ मत प्राप्त गर्नुभयो । खाँ २०७४ सालमा भएको निर्वाचनमा एमालेका रामनिवास यादवसँग ७४ मतले पराजित हुनुभएको थियो । यादव तीन हजार ८३ मतले विजयी हुँदा खाँले तीन हजार ९ मत पाउनुभएको थियो । अध्यक्ष यादवको निधन भएपछि एमालेले उहाँका ३१ बर्षिय छोरा हिमांशुलाई उम्मेदवार बनाएको हो ।यसैगरी उपाध्यक्षमा पनि काङ्ग्रेसका रामप्यारी यादव ६ हजार ९०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी पूर्व कार्यवाहक अध्यक्ष एमालेका भूमिसरा धितालले तीन हजार ४५६ र माओवादी केन्द्रका रक्षाराम कुर्मीले दुई हजार २२९ मत पाउनुभयो । जानकीका ६ वडामध्ये वडा नम्बर १ र ३ मा जसपा, २ मा माओवादी केन्द्र र ४,५,६ मा काङ्ग्रेस विजयी भएको छ ।
महोत्तरीमा थप पाँच पालिकाको परिणाम सार्वजनिक
महोत्तरी जिल्लामा शुक्रबार बिहानसम्म थप चार पालिकाको परिणाम सार्वजनिक भएको छ । जसमा सम्सी गाउँपालिका, लोहारपट्टी नगरपालिका, औरही नगरपालिका, सोनमा गाउँपालिका र बर्दिबास नगरपालिका छन् ।
विर्तामोड नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी
झापाको विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेद्वार विजयी भएका छन्। नगर प्रमुखमा पवित्रा महतारा (प्रसाईं) र उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित हुनुभएको हो।
गुल्मीमा पालिका प्रमुखले लिए शपथ
जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
झापामा महिला नगर प्रमुखको विजयी
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन परिणाम अनुसार झापाको बिर्तामोड नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएका छन् ।
राजविराज नगरपालिकामा जसपाको विजय
सप्तरीको राजविराज नगरपालिकामा जसपाका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । जसपाका प्रमुख पदमा उम्मेदवार भिमराज यादवले नौ हजार ३४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । यादवका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शम्भु यादवले चार हजार ७६६ मत प्राप्त गर्नुभएको छ ।
धादिङका सबै पालिकाको मतगणना सकियो, काँग्रेस पहिलो दल
धादिङमा स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ । धादिङको १३ स्थानीय तहमध्ये सातवटा नेपाली कांग्रेस, तीन वटामा नेकपा (माओवादी केन्द्र), दुई वटामा नेकपा (एमाले) र एक पालिकामा नेकपा समाजवादी विजयी भएको छ ।
मिथिलामा प्रमुखमा काँग्रेस र उपप्रमुख एमाले विजयी
धनुषाको मिथिला नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका महेन्द्र महतो विजयी हुनुभएको छ । उहाँले सात हजार ३२ मत ल्याएर विजय हुनुभएको हो ।
झापाको गौरादहमा मतगणना प्रभावित
झापाको गौरादह नगरपालिकाको वडा नं. ७ मा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार बलराम खरेलले एक मत अन्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेपछि विवाद सिर्जना भएको छ ।
हेटौँडा उपमहानगरको प्रमुखमा लामाको अग्रता कायमै
हेटौँडा उपमहानगरपालिकामा ६५ हजार २९५ मत गणना हुँदा नगर प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार मीना लामाको अग्रता कायमै छ । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लामाले २० हजार ४८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अनन्त पौडेलले १८ हजार ७५३ मत प्राप्त गर्नुभएको छ ।
बझाङका स्थानीय तहका प्रमुख तथा अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
बझाङ जिल्लाको १२ वटा स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङमा जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीले नवनिर्वाचित पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।
ताप्लेजुङका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ
चन्द्र पन्दाकताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रमुख तथा अध्यक्षले शपथग्रहण गर्नुभएको छ । जिल्लाका नौ स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको हो ।जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश प्रकाश राउतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख अमिर मादेन, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले शपथग्रहण गर्नुभयो । यस्तै, पाथीभरा याङ्वरक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशरकुमार सुब्बा, आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु, मिक्वाखो गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले शपथ लिनुभयो । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति), सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले र मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर (डम्बर) हाङ्गामले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो । स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबारदेखि आफ्नो पालिकामा पदभार ग्रहण गर्नुहुने भएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख मादेनले पदभार ग्रहणलगत्तै उपप्रमुख लगायतका नवनिर्वाचित जनप्रतिनिधिलाई शुक्रबार नै शपथग्रहण गराउने तयारी गर्नुभएको छ । बाँकी स्थानीय तहका अध्यक्षहरुको शनिबार शपथग्रहण गराउने बताउनुभयो । ताप्लेजुङमा फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । मैवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।
कागेश्वरी मनोहरा नगरप्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी
काठमाडौंको कागेश्वरी मनोहरा नगरप्रमुखमा नेपाली काँग्रेसका उपेन्द्र कार्की विजयी हुनुभएको छ । उहाँ ११ हजार ३२२ मतसहित विजयी हुनुभएको हो ।
काभ्रेका दश वटै स्थानीय तहको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत १३ वटा स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा हालसम्म दश वटा स्थानीय तहको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
ललितपुर महानगरपालिका ९ मा कांग्रेसका महर्जन र १४ मा महत विजयी
ललितपुर महानगरपालिका–९ मा नेपाली कांग्रेसका राजु महर्जन विजयी हुनुभएको छ । उहाँले दुई हजार ५०७ मत ल्याउनुभयो ।
शिवराजको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी
कपिलवस्तुको शिवराज नगरपालिकाको नगरप्रमुखमा राप्रपाका अजय थापा विजयी हुनुभएको छ । थापाले साात हजार ६०२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।