पाँचपोखरीमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्षमा टासी लामा र उपाध्यक्षमा सुनिता अधिकारीले विजयी हुनुभएको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सातै पालिकाको नतिजा सार्वजनिक
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली काँग्रेसले तीन/तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् ।
स्थानीय तह निर्वाचन : ६३९ पालिकाको नतिजा सार्वजनिक
स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ६३९ पालिकाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार बिहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रिकृत डाटामा समाविष्ट तथ्याङ्क अनुसार नेपाली कांग्रेसले १०२ पालिकामा प्रमुख पद जितेको छ भने ३० पालिकामा अग्रता लिएको छ ।
अध्यक्ष ओलीको गृहनगर दमकमा राप्रपाका प्रमुख विजयी
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपा सहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ ।
संविधान सभा सदस्य अब गाउँपालिका अध्यक्ष
तत्कालीन संविधान सभा सदस्य रेणुका चौलागाईं गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ । काभ्रेको चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा सत्तारूढ गठबन्धनबाट उहाँ निर्वाचित हुनुभएको हो । २०५० सालमा अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन
तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता
तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार ४८६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ ।
झापाको बुद्धशान्ति काँग्रेस विजयी
झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनोज प्रसाई विजयी हुनुभएको छ । उहाँले ११ हजार ४०३ मत ल्याएर विजय हुनु भएको छ ।
निर्वाचन परिणाम आउने क्रम जारी
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह मतदानको परिणाम बिहीबार पनि आउने क्रम जारी रहेको छ । मधेस प्रदेशका आठवटै जिल्लाको स्थानीय तहको अन्तिम निर्वाचन परिणाम आउन थालेको छ । सप्तरीले पायो महिला प्रमुख कल्याणपुर÷बोदेबर्साइन समाचारदाताका अनुसार महिलालाई प्रमुख पदमा दलले पत्याएर टिकट दिए जितेर देखाउन सक्छन् भनेर प्रमाणित गरेका छन्, सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएकी गीता चौधरी । सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेसको उम्मेदवार चौ
हरिवन प्रमुखमा माओवादी विजयी
जिल्लाको हरिवन नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र)का रमेश बुढाथोकी विजयी हुनुभएको छ ।
काठमाडौं महानगर २८ मा काँग्रेसका खड्गी विजयी
काठमाडौं महानगरपालिका २८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका भाइ राम खड्गी प्रकाश विजयी हुनुभएको छ । उहाँले एक हजार २८२ मत ल्याउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धन विजयी
जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त बिष्ट विजयी हुनुभएको छ । बिष्ट २३ हजार ४६० मतसहित बिजयी हुनुभएको छ ।
हेटौँडामा गठबन्धनका उम्मेदवार लामाको अग्रता
हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार मीना लामाले अग्रतालाई कायम राख्नुभएको छ । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लामाले २० हजार ९६ मत प्राप्त गर्नुभएको छ ।
हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार शाही विजयी
जिल्लाकाे चङ्खेली गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी हुनुभएको छ । उहाँले गठबन्धन तर्फ नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गोबिन्द शाहीलाई पाँच सय बढी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
महानगरबाहेकका परिणाम अन्तिम चरणमा
हाम्रा पूर्वी नवलपरासी समाचारदाता होमराज रानाभाट/मीना कँडेलका अनुसार, पूर्वी नवलपरासीका आठ स्थानीय तह सबैको नतिजा सार्वजनिक भइसकेको छ । आठ पालिकामध्ये हुप्सेकोट र गैँडाकोटमा नेपाली काँग्रेस विजयी भएको छ भने देवचुली, कावासोती, मध्यबिन्दु, बौदीकाली, बुलिङ्टार र विनयीमा एमाले विजयी भएको छ । २०७४ सालको निर्वाचनमा काँग्रेसले जितेका पाँच पालिका गुमाएर यस पटक दुई पालिकामा मात्र जित हासिल गरेको छ । ९२ वडा रहेको पूर्वी नवलपरासीमा ४२ वटामा काँग्रेस, ४८ वटामा एमाले, १ राप्रपा र १ माओवादीले हात पारेका छन् ।
पोखरा महानगरपालिकामा धनराज आचार्यको अग्रता कायमै
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गर्नुभएको छ । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गर्नुभएको छ ।
सुनसरीको दुहबी र इनरुवामा कांग्रेस विजयी
सुनसरीको दुहबी र इनरुवा नगरपालिकामा कांग्रेस विजयी भएको छ । दुहबी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बेद नारायण गच्छदार पुनः निर्वाचित हुनुभएको हो ।
भरतपुरमा दाहालको अग्रता कायमै
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले अग्रता कायमै राख्नुभएको छ । उहाँले तीन हजार ३१० मतान्तरले अग्रता लिनुभएको छ ।
रुपन्देहीको सियारी गाउँपालिकामा कांग्रेस विजयी
रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार अयोध्या थारुले सात हजार २६८ मत ल्याए पराजित हुनुभयो ।
काठमाडौं महानगर ५ मा काँग्रेसका कार्की विजयी
काठमाडौं महानगरपालिका ५ को वडाअध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर कार्की विजयी हुनुभएको छ । उहाँले दुई हजार ६१ मत ल्याउनुभयो ।
शपथ लिँदै निर्वाचित जनप्रतिनिधि
लुम्बिनी प्रदेशको गत शुक्रबार सम्पन्न स्थानीय तहको मत परिणाम सबै स्थानको आइपुगेको छैन । बिहीबारसम्म परिणाम आइसकेका कतिपय स्थानमा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्षले शपथग्रहण लिन थालेका छन् ।
मुसीकोटमा काँग्रेस विजयी
जिल्लाको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी) का विमल कुमार पुन विजयी हुनुभएको छ ।
निर्वाचन परिणाम अन्तिम चरणमा : गठबन्धनका उम्मेदवारको अग्रता
गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका स्थानीय तहको सार्वजनिक भएको मत परिणामअनुसार सत्ता गठबन्धनका उम्मेदवारले निर्वाचन परिणाममा अग्रता लिएका छन् । मत परिणाम सार्वजनिक भएसँगै कतिपय स्थानीय तहका प्रमुखलाई जिल्ला न्यायाधीशबाट शपथ ग्रहण गराउने क्रम सुरु भएको छ । पालिकाका अध्यक्ष वा प्रमुखले शपथ लिएपछि पालिकाका अध्यक्ष वा प्रमुखले उपाध्यक्ष वा उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था रहेको छ ।
गोरखाको सिरानचोक गाउँपालिकामा पुनः कांग्रेस विजयी
सिरानचोक गाउँपालिकामा पुनः नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतका विजयी बन्नु भएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत ल्याउनु भएको छ ।
नयाँ दललाई फापेको निर्वाचन
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ ।